• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत

  •  सोमबार, पुष १८, २०७९ मा प्रकाशित

रामपुर । नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिनुभएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा हुनुहुन्छ ।

अस्पताल तथा घरमा पालैपालो स्वास्थ्योपचार तथा आराममा रहनुभएका रानालाई आफूले खाँदै आएको पेन्सन पट्टा (जीवित प्रमाणपत्र) नवीकरणको समय नजिकिँदै गर्दा पिरोल्थ्यो । नवीकरण गर्न कसरी कुन व्यक्ति साथमा लिएर जाने समस्याले बिरामी अवस्थामा उहाँलाई तनाव झेल्नुपर्ने समस्या थियो ।

पहिलो पटक रामपुरमै पेन्सनपट्टा नवीकरण शिविर बसेपछि भने ठूलो राहतको उहाँले अनुभूति गर्नुभएको छ । “हरेक वर्ष पेन्सनपट्टा आफैँ तानसेन वा पोखरा गएर नवीकरण गर्नुपर्दा धेरै दुःख झमेला झेल्नुपर्ने”, उहाँले भन्नुभयो, “आवतजावतमा खर्च, भनेको समयमा काम नबन्दा कहिलेकाहीँ त्यत्तिकै फर्कनुपथ्र्यो, अहिले गाउँमै सेवा पाउँदा हामीजस्ता रोगी ज्येष्ठ नागरिकलाई धेरै सजिलो भयो ।”

पेन्सन सेवा उपभोग गर्ने अवकाश प्राप्त व्यक्ति तथा निजका श्रीमती, परिवारका सदस्यले हरेक वर्ष आफैँ उपस्थित भएर तानसेन वा पोखरा आफूलाई पायक परेको ठाउँमा पुगेर नवीकरण गर्नुपर्नेछ । ज्येष्ठ नागरिक, बिरामी, अशक्त व्यक्तिलाई सो ठाउँमा व्यक्ति आफैँ उपस्थित भएर नवीकरण गर्न सडक समस्या, आउने जाने झण्झटले सधैँ पिरोल्ने गर्दथ्यो । अठार वर्षदेखि श्रीमान्का नामबाट पेन्सन खाँदै आउनुभएकी ८० वर्षीय विष्णादेवी दर्लामी सधँै अरुको साहारामा नवीकरण गर्न जानुहुन्थ्यो ।

सामान्य पढाइ लेखाइको अभाव अर्कोतर्फ बुढ्यौली उमेरले गर्दा उहाँलाई एक्लै पेन्सनपट्टा नवीकरण गर्ने ठाउँमा पुग्नसक्ने परिस्थिति सहज छैन । अरुको साहारा लिएर अन्यत्र जानुपर्दा धेरै समस्या हुने गरेको उहाँको अनुभव छ । “आफू एक्लै हिँड्न नसकिने, अरुलाई लिएर जानुपर्दा कहिलेकाहीँ अप्ठ्यारो, गाडीमा टाढाको बाटो यात्रामा सकस, अहिले जस्तै सधैँभरि गाउँमै शिविरमार्फत नवीकरण गर्ने सुविधा भए हामीजस्ता ज्येष्ठ नागरिकलाई धेरै सजिलो हुनेछ”, उहाँले भन्नुभयो ।

रामपुरमा बसोबास गर्ने भारतीय पेन्सनवालालाई लक्षित गरेर पहिलो पटक पेन्सनपट्टा (जीवित प्रमाणपत्र) शिविर आयोजना गरिएपछि धेरैले राहतको अनुभूति गरेका छन् । आदर्श भूपू सैनिक संस्था रामपुर पाल्पाको आयोजनामा हालसालै यहाँ भएको शिविरमा उत्साहजनकरुपमा सहभागी भई सेवाग्राहीले सेवा लिएका छन् । जिल्ला सैनिक बोर्ड चिलाङ्दी पाल्पा र पेन्सन वितरण कार्यालय पोखराको समन्वयमा रामपुरमा शिविरमार्फत पहिलो पटक सो सेवा दिइएको छ ।

भारतीय अवकाश प्राप्त सैनिक तथा निजको पेन्सन उपभोग गर्दै आइरहेका श्रीमती, परिवारका सदस्यले हरेक वर्षको सेप्टेम्बर, अक्टुबर र नोभेम्बर तीन महिनाभित्र तोकिएको कार्यालयमा पुगेर व्यक्ति स्वयं उपस्थित भई नवीकरण गरिसक्नुपर्छ । जिल्ला सैनिक बोर्ड चिलाङ्दी पाल्पामा शिविरमार्फत नवीकरण सेवा दिइए पनि सो शिविरमा विविध कारणले सेवा लिन जान नभ्याएका, बिरामी, अशक्तले पोखरा नै पुगेर सेवा लिँदै आएको आदर्श भूपू सैनिक संस्था रामपुरका अध्यक्ष पूर्णबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार रामपुर क्षेत्रमा मात्रै भारत सरकारबाट पेन्सन सुविधा लिने करिब दुई हजार पाँच सय रहेका छन् । भारतको राजदूतावास पेन्सन वितरण कार्यालय पोखराको सहायक सैनिक सहचारी (पेन्सन) तथा प्रमुख सेनानी शशाङ्क त्रिपाठीले रामपुरमा छिट्टै एसविआइ बैंकको सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहरीकणतर्फ अगाडि बढेको रामपुरमा एसविआइ बैंकको आवश्यकता आफूले पनि महसुस गरेको हुँदा उहाँले यो क्षेत्र पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ भएको बताउनुभयो ।

रामपुरमा धेरै भूपुहरुको बसोबास रहेको र पेन्सन लिनका लागि तानसेन, बुटवल, वालिङ, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता छ । रामपुरमै नियमितरुपमा पेन्सन लिन पाउने व्यवस्था भए आफूलाई आवश्यक परेको समय रकम उपयोग गर्न पाउने पेन्सन उपभोगकर्ताको भनाइ छ । यहीँ एसविआइ बैंक स्थापना गर्न उनीहरुले सम्बन्धित निकायमा माग गरिरहेका छन् । रासस

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.