• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य बीमा : विपन्नलाई अस्पतालको पहुँचमा पु¥याउँदै

  •  मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

त्रिशूली । स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् ।

जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोेर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३१ हजार दुई सय ६६ जनाले स्वास्थ्य बीमा गरेर वार्षिक रु एक लाखसम्मको स्वास्थ्योपचार सेवाको लाभ लिइरहेका छन् ।

“गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्न सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा निकै प्रभावकारी भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि हँुदै गइरहेको छ भने एकपटक बीमा प्रणालीमा सूचीकृत भएकाहरूले स्वास्थ्योपचारमा पाएको छुट सुविधाले अधिकांश सेवाग्राहीले नवीकरण गरेर नियमितरूपमा सेवाको लाभ लिनतर्फ आकर्षित हुँदै आएका छन् ।”

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा सेवालाई प्रत्येक नागरिकलाई सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर हाल सबै वडामा दर्ता सहयोगीमार्फत घर–घरमै सेवा पु¥याएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा गरेपछि जिल्लामा तोकिएका चारवटा स्वास्थ्य संस्था तथा ती अस्पतालको सिफारिसमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका तोकिएको अस्पतालबाट वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवाको लाभ लिन पाइने व्यवस्था रहेको त्रिशूली अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका स्वास्थ्य संस्थायमा निःशुल्क उपचार सेवा पाइने हँुदा आर्थिकरूपमा विपन्न तथा गरिब परिवारका लागि बीमा कार्यक्रमले लामो समयदेखि गुणस्तरीय उपचारको अभावमा रहेका नागरिकलाई उपचारको पहुँचमा ल्याउन धेरै सहयोग मिलेको अस्पतालका प्रमुख डा पाण्डेको अनुभव छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि त्रिशूली अस्पतालसहित खरानीटार अस्पताल, ककनी र देउराली प्राथमिक स्वास्थ्य केन्द्र गरेर चार स्वास्थ्य संस्थामा सेवा उपलब्ध छ । जिल्लामा उपचार सम्भव नभए स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका देशका अधिकांश सरकारी अस्पतालमा समेत उपचार गराउन पाइने भएकाले स–सानादेखि ठूला प्रकृतिका बिरामीका लागि समेत स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको हो ।

एक वर्षका लागि रु एक लाखसम्मको उपचार सुविधा लिन स्वास्थ्य बीमा बोर्डले वडा कार्यालयसँगको समन्वयमा प्रत्येक वडामा दर्ता सहयोगीहरू बीमा गराउन परिचालन गरेकाले आबद्ध हुन सहज बनेको छ । बीमामा आबद्ध हुन पाँच जनासम्मको परिवारलाई प्रतिवर्ष रु तीन हजार पाँच सय शुल्क लाग्दछ । नुवाकोटमा कार्यक्रम सुरु भएको ३० महिनाको अवधिमा करिब रु २० हजार परिवार स्वास्थ्य बीमा कार्यक्रम आबद्ध हुनुलाई सफलता भए पनि अझै धेरैलाई समावेश गराउन बाँकी रहेको दर्ता अधिकारी शर्माले बताउनुभयो ।

“पाँच जनासम्मको सदस्य भएका परिवारलाई न्यूनतम शुल्क रु तीन हजार पाच सय लाग्छ भने एकै परिवारमा त्यो भन्दा बढी सङ्ख्या भएमा प्रतिव्यक्ति थप रु सात सय अतिरिक्त शुल्क लाग्दछ”, उहाँले भन्नुभयो, “ती परविारले औषधोपचारका लागि समेत रु एक लाखको दायरामा थप वृद्धि हुँदै जाने भएकाले साना–ठूला सबै परिवारका लागि लाभदायक देखिन्छ ।”

सबै नागरिकलाई स्वास्थ्योपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ ।

“निःशुल्क कार्यक्रमअन्तर्गत जिल्लाभरको अधिंकाश ज्येष्ठ नागरिक बीमा कार्यक्रममा समावेश भइसकेका छन् भने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सरकारले उपलब्ध गराएको छुट सुविधाले परिवारलाई समेत सूचीकृत गराउन सहज बनाएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो । उहाँको पालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाको पालिकामार्फत बीमा गराउन बजेट विनियोजन गरिएको छ ।

विदुरमा सबैभन्दा धेरै, दुप्चेश्वरमा न्यून

जिल्लामा हालसम्म करिब २० हजार घरधुरी यस कार्यक्रममा आबद्ध भएकामा सबैभन्दा बढी विदुर नगरपालिकामा पाँच हजार एक सय ४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आबद्ध भएको पाइएको छ । गाँउपालिकातर्फ दुप्चेश्वरमा दुई सय ५९ घरपरिवार, ककनीमा छ सय १७, किस्पाङमा छ सय ३२, लिखुमा चार सय ७७, म्यागङमा छ सय ५७ घरपरिवार, पञ्चकन्यामा तीन सय ४१, शिवपुरीमा आठ सय ६६, सूर्यगढीमा तीन सय ३९, तादीमा एक हजार ७५ र तारकेश्वरमा पाँच सय घरपरिवार आबद्ध भएको बोर्डले जनाएको छ ।

विसं २०७८ को जनगणनाको प्रारम्भिक तथ्याङ्कानुसार जिल्लामा कुल घरधुरी ७० हजार नौ सय ४६ रहेकामा हालसम्म करिब २० हजार घरपरिवार मात्रै आबद्ध छन् । नुवाकोटको जनसङ्ख्या दुई लाख ६२ हजार नौ सय ८१ रहेकामा ३१ हजार दुई सय ६६ जना स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा जोडिएका छन् ।

“अझै धेरै घरपरिवार र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउन सकिएको छैन”, दर्ता अधिकारी शर्माले भन्नुभयो, “बीमाबाट पाइने लाभ, निःशुल्क पाइने एक हजार एक सय ३३ प्रकारको औषधिसहितको स्वास्थ्योपचार सुविधाको फाइदा बुझाउन स्वास्थ्य बीमा बोर्ड, तीनै तहमा रहेका सरकारसहित सरोकार राख्ने सबै पक्षबीच सहकार्य र समन्वयको आवश्यकता छ ।” रासस

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.