चितवन । लायन्स क्लब ईन्टरनेशनलले चितवनको माडी नगरपालिका–४ सिधुवामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर, क्लष्टर नं ४ ले कार्यक्रमको आयोजना गरेको हो। उक्त स्वास्थ्य शिविरबाट १ हजार ३ सय ८० जना लाभान्वित भएको पूर्व डिष्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले नागरिकसम्म पुुग्ने यस्ता कार्यबाट लायन्सको गरिमा बढ्ने बताए । माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी रचना चुके, डिस्ट्रिक्टका पदाधिकारीहरू आईपिडिजी रामप्रसाद भट्ट, द्वितीय भाइस गभर्नर दिनानाथ न्यौपाने, पिडिजी राजकुमार श्रेष्ठ, क्याविनेट सेक्रेटरी राजेन्द्र गौतम लगायत सहभागी थिए ।
स्वास्थ्य शिविरमा १८ जना चिकित्सकसमेत गरी ११५ जना स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा मुटुु रोग, हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसुती रोग, क्यान्सर, नाक काँन घाँटी, बालरोग, दन्तरोग, आँखा सम्वन्धि विशेषज्ञ उपलव्ध गराइएको थियो । उक्त शिविरमा आँखा परिक्षण गरिएका मध्ये २३ जनामा मोतियाविन्दु भेटिएको थियो । शिविरमै ५० जनालाइ इसिजी सेवा समेत उपलव्ध गराईएको थियो ।
लायन्स क्लब अफ संगमचोकले संयोजन गरेको कार्यक्रममा अन्य २४ लायन्स क्लबको सहभागिता रहेको थियो । भरतपुर अस्पताल लगायत विभिन्न संघसस्थाको सहयोगमा सम्पन्न उक्त बृहत स्वास्थ्य शिबिर कार्यक्रम वुमन अनरेरी सेल मेम्बर तथा डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।