• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मोवाइल स्वास्थ्य कार्यक्रमले गर्भवतीलाई राहत

  •  बिहिबार, पुष २८, २०७९ मा प्रकाशित

गलकोट । गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसक्नुभएकी बडिगाड गाउँपालिका–१ दगातुन्डाँडास्थित गरङधारा निवासी तारा भुजेलको घरमा गत शनिबार बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो ।

स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा उहाँ गर्भवती भएर स्वास्थ्यचौकी आउन नसक्नुभएकीले घरमै पुगेर उक्त समूहले जाँच गरी आवश्यक औषधि उपलब्ध गराउनका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने परिपाटी बसाल्न आग्रह ग¥यो । सो समूहले स्वास्थ्य परीक्षण, परामर्श, भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्कीलगायत औषधि उपलब्ध गराएपछि ओइलाएको उहाँको अनुहार उज्यालो भयो ।
भौगोलिकरूपमा विकट रहेको उक्त गाउँपालिकामा स्वास्थ्यचौकीमा नपुगेर घरमै सुत्केरी हुनेको सङ्ख्या बढी छ । गाउँपालिकाले शिशु मृत्युदर घटाउँदै शून्य ‘होम डेलिभरी’ गराउने र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको पालिकाअध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

“बडिगाडमा धेरै महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने, शिशु मृत्युदर बढी हुने, भौगोलिक जटिलता र गरिबीका कारण सम्बद्ध व्यक्तिले समस्या भोग्दै आएकाले गाउँपालिकाले पाँचवर्षे स्वास्थ्य रणनीतिक कार्यक्रममाअन्तर्गत चालु आर्थिक वर्षदेखि एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो”, उहाँले भन्नुभयो, “प्रत्येक महिना स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, खोप केन्द्रलगायत स्वास्थ्य संस्थाबाट पालैपालो गाउँपालिकाभर उक्त स्वास्थ्य सेवा दिइरहेका छौँ, पालिकाका स्वास्थ्यकर्मी साथीहरू महिनामा १० दिन नियमित कामबाहेक मोबाइल सेवामा खटिनुहुन्छ, पायक पर्ने स्थानमा समेत सम्बन्धित गर्भवती महिला उपस्थिति नभए तिनका घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिन्छौँ ।”

स्वास्थ्य शाखाले समय–समयमा वडा कार्यालय, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकमार्फत गर्भवती महिलाको तथ्याङ्कसमेत सङकलन गर्ने र त्यसैका आधारमा एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गरिएकोे स्वास्थ्य शाखाले जनाएको छ । सोही कार्यक्रमसँगै जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिनुभयो ।

“गाउँपालिकाले उक्त कार्यक्रमका साथै लक्षित वर्गलाई जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य बीमा पनि गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पाँच वर्षभित्र पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना गाउँपालिकाको छ, अहिले एकल महिला, एकल पुरुष, ‘ख’ वर्गको अपाङ्गता, कुपोषित बालबालिका र सुकुम्बासीलाई निःशुल्क बीमा गरिएको हो ।” अहिलेसम्म वडा नं २, ७ र ९ मा निःशुल्क सात सय जनाको स्वास्थ्य बीमा गरिसकिएको छ । यस वर्ष ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत रु सात लाख र स्वास्थ्य बीमाका लागि रु २० लाख बजेट विनियोजन भएको छ ।

एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती महिलाको स्वास्थ्य परीक्षण, रगत परीक्षण, बालबालिकाको तौल जाँच, शङ्कास्पद बिरामीको खकार परीक्षण गर्ने गरिएको छ । हालसम्म गाउँपालिकाको १० वटै वडामा गरिएको ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत दुई सय ६३ गर्भवतीको भिडियो एक्सरे, ५६ जनाको रगत परीक्षण, दुई वर्षमुनिका बालबालिकाको तौल जाँच, चार सय ५७ जनाको परिवारनियोजन, ११ शङ्कास्पद बिरामीको खकार सङ्कलन ९३, एक सय २५ जनाको सुगर परीक्षण र पाँच सय ६५ जनाको स्वास्थ्य परीक्षण गरी परामशसमेत दिइएको बताइएको छ । रासस

बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.