• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कोरोनाका कारण वैदेशिक रोजगार गुमाएका युवा कृषिमा जम्दै

  •  बिहिबार, पुष २८, २०७९ मा प्रकाशित

पर्वत ।पर्वत फलेवास-३ शङ्करपोखरीका मीनप्रसाद भुषालको एक दशक लामो उर्जाशिल समय विदेशी भूमिमा बित्यो । श्रमिकका रूपमा दश वर्ष विदेशी भूमिमा पसिना बगाइ कमाएको पैसा भने कहिल्यै चित्त बुझ्दो भएन ।

स्वदेशमा भने जस्तो जागिर नपाइने र वैदेशिक रोजगारी पनि छाड्न नसकिने अवस्थाका बीच उहाँ कहिले भारत त कहिले मलेसिया र साउदी अरबका विभिन्न कम्पनीमा बिताउनुभयो । तर स्वदेशमै काम गर्ने कारक भने कोरोना महामारी बन्यो ।

विसं २०७६ सालमा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीअघि बिदामा घर आउनुभएका उहाँ त्यसपछि साउदी अरब कामका लागि फर्कन पाउनुभएन । महामारीबीच लागू भएको बन्दाबन्दीका कारण समयमै साउदी अरब जाने अवस्था भएन । समयमै कम्पनीमा हाजिर हुन नपाउँदा जागिर गुम्यो भने यता आफ्नै बारीमा व्यावसायिक तरकारीखेतीको बाटो खुल्यो ।

“कोरोना महामारीका कारण समयमै साउदीको कम्पनीमा जान नपाएपछि जागिर गयो”, उहाँले भन्नुभयो, “विकल्पमा मैले कृषि व्यवसाय रोजे, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।” आफ्नै बारीमा व्यावसायिक कृषि सुरु गर्नुअघि उहाँले भारतमा दुई वर्ष, मलेसियामा चार वर्ष र साउदी अरबमा चार वर्ष बिताइसक्नुभएको थियो ।

उमेरले ४० पुग्नु भएका भुषालको पछिल्लो समय दैनिकी तरकारी उत्पादनमै बित्ने गरेको छ । हरेक साँझ र बिहान आफ्नै तरकारी बारीमा तरकारीखेती गर्दै बित्ने गरेको उहाँले बताउनुभयो ।

“बिहान उठेदेखि बेलुका अबेरसम्मको मुख्य काम तरकारी उत्पादन, स्याहार तथा बिक्री गर्दैैमा बित्छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारी छाडेर तरकारीखेतीमा लागेपछि सन्तुष्टि पनि मिलेको छ ।” उहाँले हाल वार्षिक १२ टन तरकारी उत्पादन गर्दैै आउनुभएको छ । जसबाट मासिक रू ४० देखि ६० हजारसम्म आम्दानी भइरहेको उहाँले सुनाउनुभयो ।

“उर्जाशिल समय विदेशमै बित्यो, स्वदेशमै पनि पैसा कमाउन सकिन्छ भन्ने चेत अहिले पलायो”, उहाँले भन्नुभयो, “दुःख गर्नसके यहीको माटोमा सुन फलाउन सकिन्छ भन्ने अहिले थाहा भयो ।”

उहाँ कोरोनाका कारण वैदेशिक रोजगारी गुमेपछि स्थानीय आमा समूहको प्रेरणाकै कारण कृषि व्यवसायमा लाग्नुभएको हो । पछिल्लो समय उहाँ कुश्मा नगरपालिका–९ साइकलचोकमा बेमौसमी तरकारी उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएको छ ।

भुषालले यतिबेला तीन वटा प्लास्टिक टनेलमा गोलभेँडा, साग, मुला, सिमी, काउली फलाउँदै आउनुभएको छ । बेमौसमी तरकारी खेती गर्दा बजारको समस्या नहुने र राम्रो आम्दानी हुने भएकाले मुख्य गरी बेमौसमी तरकारी खेती गर्ने गरेको उहाँले सुनाउनुभयो ।

उत्पादन भएको तरकारी अग्र्यानिक भएकाले पनि एकपटक किन्ने ग्राहकले फर्किए आउने गरेको उहाँको अनुभव छ । सरकारबाट युवालाई कृषि व्यवासयमा आकर्षित गर्न ठोस कार्यक्रम नहुँदा हजाराैँ युवाहरु श्रमका लागि विदेशी भूमिमा जान बाध्य भएको उहाँको भनाइ छ ।

“युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवालाई सहुलियतमा ऋण उपलब्ध गराउने भनिएको छ तर ऋण लिन धितो राख्नुपर्ने तथा झन्झटिलो प्रक्रियाका कारण व्यवसाय सुरु गर्न समस्या छ”, उहाँले भन्नुभयो, “सरकारले सस्तो ब्याजदरमा ऋण दिने हो भने हामी जस्ता व्यवसायीलाई सहज हुने थियो ।”

युवा वर्गमा व्यवसाय गर्न उत्साह भए पनि कर्जाका लागि धितो राख्नै पर्ने व्यवस्थाले समस्या हुने गरेको भुषालको निष्कर्ष छ । “व्यवसाय गर्न सहुलियत दरमा ऋण दिने हो भने धेरै युवालाई स्वदेशमै रोक्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रक्रिया सरल भयो भने युवाको बढ्दो विदेश पलायन रोक्न सकिन्छ ।” रासस

बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.