• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

काभ्रेमा रगत सङ्कलन अभियान

  •  शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक । जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान थालिएको शाखाका अध्यक्ष रघुनाथ हुमागाईंले बताउनुभयो । उहाँका अनुसार बैङ्कमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रक्तदानमा आउने क्रम घट्दो छ । शाखालाई डेनिस रेडक्रसको सहयोगमा विभिन्न खालको रगत तयार गर्ने मेसिन प्रदान गरिएको छ । यीमध्ये पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु पाँच दिन मात्रै हुन्छ ।

हुमागाईंका अनुसार काभ्रेपलाञ्चोकमा मात्रै होइन भक्तपुरमासमेत रगत पाउन छाडेपछि बिरामी जोखिममा पर्ने हुँदा विभिन्न सङ्घसंस्था एवम् सरोकारवालालाई जिल्लास्थित रेडक्रसका २९ उपशाखाको अगुवाईमा रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । अरनिको र विपी राजमार्गको सहजताले धुलिखेल सामुदायिक अस्पताल तथा बनेपास्थित शिर मेमोरियल र अन्य नीजि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दैनिक बढ्दो रहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा मात्रै दैनिक पाँच सयभन्दा धेरै बिरामीले दैनिक उपचार गराइरहेका छन् । स्वास्थ्य बीमाका कारण नियमित परीक्षणका लागि करिब दुई हजार बिरामी अस्पताल आउने गरेको तथ्याङ्कले देखाएको छ । विविध कारण बिरामीलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको बताइन्छ । “रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ, हामी अभियानमार्फत रक्तदान गर्ने बानी बसाल्न प्रेरित गर्दैछौँ”, हुमागाईंले भन्नुभयो ।

केही रक्तदाताले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले रक्तदान गर्न छाडेको बताएका छन् । केही नीजि अस्पतालले रक्तदान गर्ने व्यक्तिलाई रकम पनि दिन थालेको पाइएको छ । सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकमा त्यहाँका विभिन्न अस्पतालबाटसमेत बिरामीका रगत माग हुँदै आएको हुमागाईंले बताउनुभयो । उहाँका अनुसार दुर्लभ समूहको रक्तदाता पाउन छाडिएको छ । रासस

शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.