• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

  •  मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

पाँचथर ।जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग , जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) छन् ।

पचास शय्या सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक स्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक स्रोतबाट चिकित्सकहरू नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो । अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सक जनरल सर्जरीतर्फ डा प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोगतर्फ डा देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा गणेश वनलाई नियुक्त गरेको जिसस प्रमुखआङ्देम्बेले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, अन्तरङ्ग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा कीटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरङ्ग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रम सेवाका रूपमा यस अस्पतालले निःशुल्क नवजात शिशु सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक सङ्कट व्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको जिससप्रमुख आङ्देम्बेले बताउनुभयो ।

थप भएका सेवाबाट साना गाँठागुठी फाल्ने, बोसो जमेको फाल्ने, गहिरो चोटपटक लागेका घाउहरूको उपचार गर्ने, पोलेको घाउहरूको उपचार, हाइड्रोसिल, मलद्वारका रोगहरू, हर्निया, एपेन्डिक्सको शल्यक्रिया, आन्द्रासम्बन्धी समस्याको शल्यक्रिया र उपचार, पित्तथैलीको शल्यक्रिया, मासु पलाएको, अण्डकोषको शल्यक्रिया, छाला टाल्नेलगायत स–साना शल्यक्रियाका सेवा सञ्चालन गर्न सकिने अस्पतालका चिकित्सक डा प्राञ्जलचन्द्र पौडेलले जानकारी दिनुभयो । निकट भविष्यमा इन्डोस्कोपी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै हाडजोर्नी तथा नशा रोगको सेवातर्फ हड्डी भाँचिएको, हड्डी टुटेको फुटेको, स्टिल राख्ने, झिक्नेसहित धेरै सेवा प्रवाह गर्न सकिने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा देउमान लिम्बूले बताउनुभयो । विशेषतः पूर्वी पहाडमा हाडजोर्नीको समस्याका धेरै बिरामी हुने भए पनि उपचारका लागि तराईका जिल्लामा पुग्नुपर्ने र ठूलो धनराशि खर्च हुने अवस्था अन्त्य गर्न रोक्ने आफूहरूको प्रयास हुने बताउनुभयो । “सकेसम्म जिल्ला अस्पतालमा देखाएर मात्रै अन्यत्र जान बिरामीलाई सुझाव दिन्छौँ”, डा लिम्बूले भन्नुभयो ।

पूर्वी पहाडका पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीले समेत सेवा लिने गरेको पाँचथर अस्पतालले १५ शय्या सञ्चालनको अनुमति पाए पनि हाल ३५ शय्यामा सेवा दिइरहेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत दुई वर्षअघि नै यस अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने घोषणा गरेको थियो भने गत वर्ष ५० शय्या सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।

यद्यपि प्रदेशले गरेको घोषणा कार्यान्वयन भने हुन सकिरहेको छैन । शय्या विस्तारका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै पूरा भइनसकेको जिसस प्रमुख आङ्देम्बेको भनाइ छ । “बजेटसहित प्रदेश सरकारबाट योजना अघि बढाइएमात्रै शय्या विस्तारको काम सम्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.