• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बर्दिबास अस्पतालः सेवा बिस्तारले जगायो आश

  •  बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

महोत्तरी । सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आम रुपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न लागेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो । बर्दिबास अस्पतालले बुधबार मात्रै अब विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको २६ वटा सेवालाई नियमितता दिने घोषणा गरेको छ ।

अस्पतालले बुधबार जनरल ओपिडी सेवा, सघन उपचार कक्ष सेवा, प्रसूति तथा महिला रोग सेवा र हाडजोर्नी तथा नसा रोगसम्बन्धी महत्वपूर्ण सेवा विस्तार गरेको छ । त्यसैगरी शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याव, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा र भर्ना सेवासहितको सुविधा विस्तार गरेको छ ।

अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोरकिशोरी सेवा, शव परीक्षण सेवा, क्षयरोग उपचार सेवा, परामर्श तथा प्रेषण सेवा र सम्पूर्ण शरीरको जाँच सेवासहितका सुविधा नियमित गरिने जनाएको छ ।

“अस्पतालले बुधबार थालेका नयाँ सेवा र त्यसलाई गुणस्तरीय र नियमित बनाइने प्रतिबद्धताले अब गरिब र निमुखाले पनि अत्यावश्यक स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाउँछन् भन्ने आश जगाएको छ”, स्थानीय उमेश आचार्य भन्नुहुन्छ, “यी सेवाले नियमितता पाउनसके यस भेगमै स्वास्थ्यक्षेत्रमा निकै सुधार आउने छ ।”

अस्पतालले जनमुखी स्वास्थ्य सेवा, भौतिक व्यवस्थापन र दक्ष जनशक्तिको पहुँच अझ बढाउँदै लगिने जनाएको छ । “हामीलाई स्थानीय तह (बर्दिबास नगरपालिका), अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ छ, प्रभावकारी स्वास्थ्य सेवा प्रवाहप्रति हामी प्रतिबद्ध छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जन भन्नुहुन्छ, “ठीक ठाउँमा उपचार लिन पुगेछौँ भन्ने अनुभूति दिने गरी बिरामीको हेरचाह हुनेछ ।”

अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्षजनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ । “सानातिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहनेछैन”, बर्दिबास–२ की पवित्रा खड्का भन्नुहुन्छ, “सुत्केरी हुने÷गराउने बेला महङ्गा निजी अस्पतालमा पुग्नु नपरे पनि निकै ठूलो राहत हुनेछ ।”

अस्पतालको सेवाले यो ठाउँ अब बर्दिबास नगरक्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका इश्वरपुर एवम् लालबन्दी एवम् सिन्धुलीका कमलामाई तथा दूधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरिएको छ । धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दूधौली बर्दिबास नगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका नगरपालिका हुन् ।

पछिल्ला केही वर्षयता सरकारी अस्पतालका सेवा प्रभावकारी र भरपर्दो हुन नसकेपछि निजी अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेको बर्दिबास–१४ का रामनरेश महतो बताउनुहुन्छ । “पोहोर साल छोरीलाई सुत्केरी व्यथा लागेपछि नजिकैको निजी अस्पताल पु¥याएँ, अस्पतालले शल्यक्रिया गर्नुपर्छ पैसा जुटाउनुस भने”, महतोले भन्नुभयो, “त्यसपछि छोरीलाई प्रादेशिक अस्पताल जनकपुर पु¥याएँ, उनले सामान्य अवस्थामा बच्चा जन्माइन् ।” अब बर्दिबासमै यो सेवा सुरु भएपछि टाढाको अस्पताल जानुपर्ने अवस्था नपर्ने भएको उहाँले सुनाउनुभयो । स्वास्थ्य बीमा गरेका सेवाग्राहीले पनि निजी अस्पतालमा लाइनमा बस्नुपर्ने अवस्था अब अन्त्य हुने अपेक्षा गरेका छन् ।

अस्पतालमा थप सेवा प्रवाहका लागि बर्दिबास नगरपालिकाले लिएको पहलकदमीको अहिले सर्वसाधारणले सराहना गरेका छन् । बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ । स्वास्थ्य सुविधा बढाइएसँगै अस्पतालको माथिल्लो तलामा पनि आवश्यकताअनुसार कोठा थप्दै लगिएको छ । चार तले अस्पताल भवनमा यसअघि ५२ कोठा थिए । अब सेवा विस्तारसँगै केही कोठा थपिँदैछन् । सेवा प्रवाह, भौतिक र दक्षजनशक्ति व्यवस्थापनको काम सन्तुलनमा गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ ।

जम्मा ५० शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत ८३ जना कार्यरत रहेका मेडिकल सुपरिटेण्डेण्ट डा महर्जनको भनाइ छ । “हामी आम जनताले अनुभूति पाउने गरी सबैक्षेत्रका कामलाई व्यवस्थित गर्न लागि परेका छौँ, अहिले लामो तयारीपछि अस्पतालबाट यो अनुभूति दिइँदैछ”, नगर प्रमुख क्षत्रीले भन्नुभयो, “हामी आफ्ना कामलाई अरुका लागि पनि उदाहरणीय प्रेरणादायी हुने गरी व्यवस्थित गर्छौं ।” अब सबैले देख्ने गरी एकपछि अर्को कामका सकारात्मक नतिजा आउने क्षत्रीको थप भनाइ छ ।

नेपाल सरकारको २०६४ सालको निर्णयले स्थापित यो अस्पताल समय क्रमसँगै भौतिक संशाधन, दक्षजनशक्ति र सेवा प्रवाहमा पनि उम्दा बनेपछि यस भेगमा अहिले खुसी छाएको छ । आम जनताले आफ्नै ठाउँमा राम्रो उपचार पाउने आश सँगालेका छन् । रासस

बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.