सिन्धुपाल्चोक । दुवै मिर्गाैला फेल भएर उपचाररत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० की ३५ वर्षीया तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ ।
उहाँको दुवै मिर्गौला फेल र मुटुमा समेत समस्या छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सहयोगको अपिलसमेत गरिएको हो । खड्का हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अर्थाभावका कारण उपचारमा समस्या रहेको उहाँका श्रीमान् कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
खड्काको उपचार सहयोगका लागि मेलम्ची नगरपालिकाले विपन्न नागरिक औषधोपचार निर्देशिका, २०७५ अनुसार निःशुल्क उपचार तथा आर्थिक सहुलियत उपलब्ध गराइदिन अनुरोध गरेको छ । उहाँको सम्पर्क नं ९८४३५४९३३८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले कुलप्रसाद आचार्यको कृषि विकास बैंकको खाता नं ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिनसमेत परिवारले अपिल गरेको छ ।
