• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई ‘मेडिकल उपकरण’ प्रदान

  •  शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

काठमाडौँ ।रोटरी क्लब अफ रुद्रमतीले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गर्नुभयो ।

द रोटरी फाउन्डेसन, इम्याजिङ रोटरी र स्मिथभिल्ले मेजोरी रोटरी क्लब लगायतले आज मेडिकल बेड (२० वटा), थर्मामिटर (५० वटा), एक्स–रे भ्यू बक्स (पाँचवटा) र युनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरेको हो ।

सोही अवसरमा मन्त्री गिरीले दूर्गम र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याउँदै समग्र नेपालको स्वास्थ्य सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने सरकारको मुख्य योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा छ, देशको स्वास्थ्य क्षेत्र नाजुक छ, यसबारेमा सरकार सचेत छ, स्वास्थ्य क्षेत्रको सुधार मेरो पहिलो प्राथमिकता भएको छ ।”

मन्त्री गिरीले अब सरकारले छिट्टै स्वास्थ्य बीमालाई निरन्तरता दिने र बीमामार्फत स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जीर्ण अवस्थामा रहेको कीर्तिपुर, दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक पुनःनिर्माणका निम्ति पहल गर्ने आश्वासनसमेत दिनुभयो ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले दक्षिणकाली हुँदै हेटौँडा जाने बाटो निर्माणका लागि पहल गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले दक्षिणकाली नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने योजना सुनाउँदै सहयोगका निम्ति सङ्घ र प्रदेश सरकारसँग अपिल गर्नुभयो ।

रोटरी डिस्ट्रिकका गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र सोही डिस्ट्रिकका पूर्वगर्भनर दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लबले खासगरी शिक्षा, स्वास्थ्य, वातारण, शान्ति तथा द्वन्द्व र बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष शाहीले स्वास्थ्य बीमालाई निरन्तरता दिनाका साथै आफ्नो अस्पतालले सुरु गर्न लागेको ‘डाइलासिस’ सेवा सञ्चालनका निम्ति आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो ।

रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष किशोर त्रिपाठीले अहिले क्लबले मेडिकल उपकरण मात्रै सहयोग गरे पनि आगामी दिनमा अन्य विविध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा मन्त्री गिरीले अस्पतालको निरीक्षण पनि गर्नुभएको थियो । रासस

शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.