• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ३ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ६ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ९ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ९ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’

  •  मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।

अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उहाँले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गर्नुभयो । उहाँले सङ्क्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री गिरीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्नसक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पु¥याउन सकिन्छ भनेर सबैले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो ।

“सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो, “सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ ।” नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रुपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालको सेवालाई विकेन्द्रीत गरेर अन्य ठाउँबाट पनि सरुवा रोगका बिरामीको उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना भाइरसका बेला देशै भयभित रहेको अवस्थामा अस्पतालले पु¥याएको सेवा कहिल्यै बिर्सन नहुने बाउनुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले अस्पताललाई चाहिने जनशक्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले तीन सय शय्याका लागि मन्त्रालयले दरबन्दीको व्यवस्थापन गर्न थालेको समेत जानकारी दिनुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले अस्पतालले कोरोना भाइरसको बेला मात्र नभएर हैजा, डेङ्गुजस्ता महामारी रोकथाममा राम्रो भूमिका निर्वाह गरेको बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अस्पतालले प्रदान गर्ने सेवा उदाहरणीय रहेको भन्दै सरुवा रोगलाई निमट्यान्न पार्नुपर्ने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा मनिषा रावलले अस्ताललाई तीन सय शय्या विस्तार गर्न थालिएको जानकारी दिनुभयो । विसं १९९० मा कलेरा अस्पतालको रुपमा रहेको अस्पताललाई २०५३ सालमा सरुवा रोग अस्पतालको रुपमा विकास गरिएको थियो । उहाँका अनुसार अस्पतालले विगत डेढ वर्षदेखि अस्पतालले निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक लाख १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको छ ।

उहाँले अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामी आउने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक तीन सयदेखि चार सय कुकुरले टोकेका बिरामी आउने गर्दछन् । रासस

मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.