चितवन । नेपाल रेडक्रस सोसाइटी गितानगर उप शाखाको ३२ औ बार्षिकोत्सब तथा २३ औ साधारणसभा एवं ७ औ अधिबेशन मगलबार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले उक्त कार्यक्रमको समुद्वघाटन गर्नु भएको हो । साथै उप शाखा हाता भित्र निर्माण गरिएको हेनरी ड्युनाको अर्ध शालिकको पनि एक भब्य कार्यक्रमका बिच उप प्रमुख अधिकारीले अनावरण गर्नु भयो ।
सो अवसरमा बोल्दै हुँदै उप प्रमुख अधिकारीले हेनरी ड्युनाको त्याग कै कारण आज रेडक्रस जस्तो पबित्र सस्थाले समाजमा रगतको अभाव हुन बाट जोगाएको बताउनु भयो । समाजमा दिनप्रति दिन रगतको माग बढ्दै गएको अवस्थामा रेडक्रसले केही हद सम्म भए पनि आमनागरिकलाई अकाल मृत्यु हुन बाट बचाएको समेत प्रष्ट पार्नु भयो ।
मेडिकल हबको रुपमा विकास हुँदै गएको चितवनमा रगतको अभाव हुन नदिनको लागि रेडक्रसले पुलको काम गरिरहेकोमा खुशी प्रकट गर्नु भयो ।
विश्वमा रेडक्रसको स्थापना भए देखि लाखौं मानिसहरु मृत्युको मुखबाट फिर्ता आएको स्मरण गर्दै उप प्रमुख अधिकारीले रेडक्रसका सात आधारभुत सिद्धान्तहरुलाई हामीले कहिल्यै पनि भुल्न नहुने तर्क राख्नु भयो ।
‘रेडक्रस सबैको साझा थलो हो, उपप्रमुखले भन्नू भयो,मानवले मानवको लागि मानवीय व्यबहार गर्न सबैमा प्रेरणा मिलोस ।’
कार्यक्रममा वडा न ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, कार्यपालिका सदस्य शारदा पोख्रेल लगाएतले मन्तव्य राख्नु भएको थियोे ।
