चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट प्रोफेसर डाक्टर भोला प्रसाद रौनियार सम्मानित हुनुभएको छ । नेपालमा रहेर क्यान्सर रोगको क्षेत्रमा सँस्थागत एवं विधागत विकासमा बरिष्ठ क्यान्सर रोग विशेषज्ञको रुपमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गदै प्राडा रौनियारलाई सम्मानित गरिएको हो ।
प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको आतिथ्यतामा सम्मानपत्रसहित प्राडा रौनियारलाई सम्मान गरिएको थियो ।
यस्तै सम्मानित हुने अन्य स्वास्थ्यकर्मीमा भिम बहादुर पाण्डे , केशव भट्ट, सागर पोख्रेल, महेश्वर श्रेष्ठ र रमेश सुब्बा, रहेका छन । अवार्डबाट ११ चिकित्सक र ४ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।