• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अस्पताल भवन निर्माण कार्य रकम अभावले रोकियो

  •  सोमबार, माघ १६, २०७९ मा प्रकाशित

बनेपा । अस्पताल भवन निर्माणका लागि रकम अभाव भएपछि काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकास्तरीय आधारभूत अस्पताल भवन निर्माण कार्य रोकिएको छ । दुर्गमका नागरिकलाई घरआँगनबाट नै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिका–५ तालढुङ्गामा पालिकास्तरको १० शय्याको अस्पताल भवन निर्माण थालिएकामा अहिले रकम अभावका कारण काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

तालढुङ्गा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि भवन निर्माण कार्य अगाडि बढेकामा अहिले रकम अभावका कारण काम रोकिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । “अघिल्लो वर्षसम्म नियमितरूपमा बजेट आए पनि यस वर्षदेखि नियमित आउने बजेट रोकेका कारण काम गर्न सकिएको छैन”, गाउँपालिका अध्यक्ष थिङले भन्नुभयो, “यसअघि ठेक्का आह्वान गरेको बेलामा बहुवर्षीय ठेक्का स्वीकृत गर्नुपर्नेमा त्यही बेला तात्कालिक पालिकाको नेतृत्वले त्यसैमा त्रुटि गरेका कारण यस आर्थिक वर्षदेखि बजेट परेको छैन ।” बहुवर्षीय ठेक्का स्वीकृत नगरेका कारण मन्त्रालयबाट छुट्याउनुपर्ने बजेटमा आफ्नो दायित्वभित्र नराखेको कारण रकम अभावले गर्दा काम अगाडि बढाउन नसकिएको हो ।

निर्माणको काम रोकिएपछि योजनालाई बजेटभित्र पार्नका लागि गत आर्थिक वर्षमा पनि मन्त्रालायमा धेरै पटक धाए पनि पार्न नसकेको अध्यक्ष थिङले बताउनुभयो । अहिले पछि भवन सम्पन्न गर्नका लागि पटक पटक मन्त्रालय धाए पनि अर्थले स्वास्थ्यलाई देखाउने, स्वास्थ्यले अर्थलाई देखाउने मात्रै भएको उहाँको गुनासो छ । रु १६ करोड ६४ लाखमा ठेक्का आह्वान गरी तुन्दी–जम्बुदीप जेभीले २०७७ असारमा रु १२ करोडमा ठेक्का सम्झौता गरी निर्माण कार्य थालनी गरेकामा अस्पताल प्रशासनिक र क्वार्टर भवनको अहिले बाहिरी संरचना सकेर प्लास्टरको केही कामसमेत सकिएको छ । ठेक्का सम्झौता भएर करिब नौ महिनापछि मात्रै निर्माण कार्य सुरु भएको थियो । निर्माण कम्पनीले काम गर्दै गर्दा गत वर्षमा मात्रै साढे दुई करोडको रकम भुक्तानी गर्नुपर्नेमा दुई करोड मात्रै रकम भुक्तानी भएर अहिले निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकमसमेत दिन नसकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका इञ्जिनियर अनमोल आचार्यले अहिलेसम्ममा रु चार करोड जतिको काम भइसकेकामा प्रशासन र क्वार्टर भवनको ८० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । रकम अभावका कारण अझै अस्पतालको भवन निर्माणको कार्य सुरु गर्न नसकिएको उहाँले बताउनुभयो । “सम्झौताअनुसार २०७९ असार मसान्तमा सकिनुपर्नेमा निर्माण कार्य बाँकी रहेकाले एक वर्ष थप गरेर २०८० असार मसान्तसम्म समयसीमा तोकिएको छ”, उहाँले भन्नुभयो, “तर अहिले काम ठप्प भएको छ ।”

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले निर्माण गरिरहेको काम बीचमा मन्त्रालयबाट नै बजेट नपारेपछि काम अलपत्र अवस्थामा पुगेको हो । खानीखोलाका नागरिक सामान्य बिरामी पर्दा नजिकको स्वास्थ्य चौकीमा सामान्य औषधोपचार बाहेकका थप उपचारका लागि अहिले पनि जिल्ला सदरमुकाम धुलिखेल, बनेपा या छिमेकी जिल्ला मकवानपुरको हेटौँडासम्म जानुपर्ने बाध्यता छ । नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’को नीतिअनुरूप जिल्लाको विकट डाँडापारि क्षेत्रको खानीखोलामा निर्माण कार्य थालनी गरेको भवन अहिले अलपत्र परेको छ । रासस

सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.