• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्तनपान गराउने आमाको सङ्ख्या घट्दो

  •  शनिबार, माघ २१, २०७९ मा प्रकाशित

दोधारा चाँदनी । पछिल्लो समय नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने आमाको स¬ङ्ख्या घट्दो क्रममा रहेको छ ।

बच्चालाई स्वस्थ बनाउन जन्मेको छ महिनासम्म आमाको दूध मात्रै ९पूर्ण स्तनपान० खुवाउनु पर्छ । रोजगारीलगायतका विभिन्न व्यस्तताले गर्दा बच्चालाई छ महिनासम्म पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हो । राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ र सुआहाराको तथ्याङ्कअनुसार छ महिनासम्म आमाको दूध मात्रै खाएका शिशुको सङ्ख्या सन् २०१६ देखि हालसम्मको तुलनामा १० प्रतिशतले घटेको छ ।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पूर्ण स्तनपान गराउने सङ्ख्या २०१७ मा ६८ प्रतिशत, २०१८ मा ६९ प्रतिशत, २०१९ मा ७५ प्रतिशत रहेको थियो तर २०२२ मा पुग्दा यो सङ्ख्या घटेर ६७ प्रतिशत पुगेको छ । त्यसैगरी सुहाराको तथ्याङ्क अनुसार २०१७ मा ६३ प्रतिशत, २०१८ मा ६६ प्रतिशत, २०१९ मा ६९ प्रतिशत र २०२२ मा पुग्दा घटेर ५७ प्रतिशत पुगेको छ ।

तथ्याङ्क अनुसार एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या पनि आठ प्रतिशतले घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ३२ प्रतिशत रहेको छ । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिल जोशी बताउनुहुन्छ ।

उहाँले आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने बताउनुभयो । उहाँका अनुसार पूर्ण स्तनपान नहुँदा बालबालिकामा बिरामी भइरहने, शारीरिक तन्दुरुस्ती नहुने, कुपोषणजस्ता समस्या देखिने गर्दछन् ।

“आमाको दूध पर्याप्त नहुँदा पुड्कोपन, ख्याउटेपन, कम तौल, अधिक तौल र रक्तअल्पता हुने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “आमाको दूधले खोपको समेत काम गर्छ ।” पूर्ण स्तनपान नपुगेको बच्चालाई सन्तुलित पोषणयुक्त खानपानले केही सघाउ पु¥याए पनि आमाको शरीरमा बनेको प्राकृतिक दूधले दिने प्रतिरोधात्मक क्षमता अन्य दूधमा उपलब्ध नहुने उहाँ बताउनुहुन्छ ।

“पाँच वर्षमुनिका बालबालिकालाई पत्रु खाना खाने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “बाहिरको पत्रु खानाभन्दा घरमै कोदाको लिटो, गेडागुडीको लिटो खुवाउने र हरियो सागपात खुवाउनुपर्छ ।” उहाँ दैनिक चार प्रकारका खाना खानुपर्ने बताउनुहुन्छ । “खानामा अन्न, गेडागुडी, फलफुल आदी हुनुपर्छ”, जोशीले भन्नुभयो, “यिबाहेक माछामासु लगायतका खानाले भिटामिन उपलब्ध हुन्छ ।” उहाँले पोषणयुक्त खानेकुरा नहुँदा पुड्कोपना हुने बताउनुभयो ।

“अहिले पुड्कोपना हुनेको सङ्ख्या २५ प्रतिशत रहेको छ, यसलाई २०३० सम्ममा १५ प्रतिशत पुगाउने सरकारको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “ख्याउटेपना हुनेको सङ्ख्या पनि २०३० सम्ममा चार प्रतिशतमा पुगाउने लक्ष्य छ ।”

उहाँका अनुसार गाउँमा भन्दा पनि सहरमा यो समस्या बढी देखिन थालेको हो । “छ महिनासम्म दैनिक १२ देखी १८ पटकसम्म आमाको दूध खुवाउनुपर्छ”, उहाँले भन्नुभयो, “छ महिनासम्म शिशुले अन्य खानेकुरा नखाने हुँदा हरेक दुई घण्टामा स्तनपान गराउनुपर्छ ।” बालिबालिकालाई पूर्ण रुपमा स्तनपान नगराउँदा उमेर अनुसारको वृद्धि विकास नहुने चिकित्सक बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा शक्ति यादवले छ महिनासम्म आमाले बच्चालाई पूर्ण स्तनपान गराउनुपर्ने बताउनुभयो । “विश्व स्वास्थ्य सङ्गठनले पनि आमाको दूध खुवाउनु राम्रो भन्छ, यसमा पर्याप्त पोषण पाइन्छ”, उहाँले भन्नुभयो, “छ महिनासम्म आमाको दूधबाहेक अन्य खानेकुरा खुवाउनुभएन ।” उहाँले बाहिरको दूध बच्चालाई खुवाउन नहुने बताउनुभयो ।

महिलालाई सार्वजनिकस्थलमा स्तनपान कक्ष नहुँदा समस्या पर्ने गरेको छ । सरकारी तथा गैर सरकारी संस्थामा समेत स्तनपान कक्ष नहुँदा समस्या हुने गरेको सरस्वती भट्ट बताउनुहुन्छ ।

“सार्वजनिकस्थलमा शिशुलाई दूध खुवाउन आमालाई छटपटी हुने र कपडाले छोपेर स्तनपान गराउनुपर्ने बाध्यता हुन्छ”, उहाँले भन्नुभयो, “पर्याप्त सुत्केरी बिदा नहुँदासमेत पूर्ण स्तनपान गराउन सकिएको छैन ।” उहाँले घरमा पनि काम महिलाले नै गर्नुपर्ने भएका कारण पनि बच्चालाई पर्याप्त स्तनपान गराउन नसकिने गरेको बताउनुभयो ।

पछिल्लो समय अधिकांश महिला रोजगारीमा जाने र नभए कुनै न कुनै व्यवसायमा लाग्ने गरेका कारण बच्चालाई पर्याप्त स्तनपान हुन नसकेको कलावती जोशीले बताउनुभयो । “रोजगारीमा जानेहरु बिहान जाने गर्छन्, साँझ घरमा आए पनि अन्य काममै व्यस्त हुन्छन्”, उहाँले भन्नुभयो, “घर व्यवहार सञ्चालन गर्नका लागि पनि आमाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन ।”

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा यो समस्या बढी देखिएको छ । पछिल्लो समय महिला घर बाहिरको काममा व्यस्त हुँदा बच्चालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गएको बताइन्छ । रासस

शनिबार, माघ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.