• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेत्रज्योती संघ र मालिका गाउँपालिका बीच सहकार्य

  •  बिहिबार, माघ २६, २०७९ मा प्रकाशित

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित थिए । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उनले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या पहिचान भयो । जिल्ला सदरमुकाम तम्घासमा उनको आँखाको निःशुल्क उपचार भयो ।

बिहीवार बिहान शल्यक्रिया भएपछि आँखा देखेका गिरी संसार देख्न पाएकोमा खुशी छन् । “पाँच वर्षदेखि संसार देख्न पाएको थिइनँ, अहिले नयाँ संसार देखेँ, पुर्नजन्म पाएँ जस्तो भएको छ”, उनले भने ।

मालिकाकै ७४ वर्षीया शान्ति सुनारले पनि आर्थिक अभावका कारण आँखाको उपचार गर्न सकेकी थिइनन् । निःशुल्क शिविर आएपछि जाँच गराउँदा आँखामा मोतियाविन्दुको समस्या देखियो । गाउँपालिकाको सहयोगमा उनको पनि तम्घासमा निःशुल्क उपचार भयो । मोतियाविन्दुको शल्यक्रियापछि गाउँपालिका भगवान् बनेर आएको उनले बताइन् । “फेरि संसार देख्छु भन्ने कल्पना पनि गरेको थिइनँ, तर उपचारपछि पुनः संसार देख्न सक्ने भएकी छु”, उनले भनिन् ।

सो गाउँपालिका–३ का मनबहादुर विक र तुल्सा विक पनि आँखाको समस्याबाट ग्रसित थिए । सात वर्षदेखि समस्या खेपिरहनुभएका विक दम्पती सो शिविरबाट आँखाको उपचार भएपछि खुशी छन् । “बुढाबुढीले नै आँखा नदेखेर समस्या झेल्नुपरेको थियो”, मनबहादुरले भने, “आँखा खुलेपछि हामीले एकअर्कालाई हेर्दा खुशीका आँशु खसे ।” निःशुल्क उपचार पाएपछि विपन्नलाई निकै राहात पुगेको उनले बताए ।

उनीहरुसँगै मालिकाका ६१ जनाको आँखाको निःशुल्क उपचार गरिएको छ । प्रत्येक वडामा गरिएको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको समस्या भएका ६१ जना वृद्धवृद्धाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिए । शिविरमा १ हजार छ सय आँखाका बिरामीको उपचार गरिएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले स्वास्थ्य क्षेत्रमा आफूहरु संवेदनशील भएर अगाडि बढेको बताए । उनले निःशुल्क आँखा शिविरसँगै अब मुटु तथा अन्य दीर्घरोगीका बिरामीको लागि शिविर चलाउने बताए ।

मालिकासँगै जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा र गुल्मीदरबार गाउँपालिकाले पनि आँखाको निःशुल्क उपचार गर्दै आएका छन् । नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा मोतियाविन्दुको समस्या पहिचान गरी शल्यक्रिया गरिएको हो । रेसुङ्गाले यसअघि शिविर सञ्चालन गरी ५९, इस्मा गाउँपालिकामा ३० तथा गुल्मीदरबार गाउँपालिकाका २२ जनाले आँखाको शल्यक्रिया गराएका थिए । -रासस

बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.