• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रामपुर अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

  •  शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

रामपुर । पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।

लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो । ओसिएमसीबाट प्रदान हुने सबै सेवा निःशुल्क रहनेछ ।

ओसिएमसीका लागि अस्पतालमा छुट्टै कार्यकक्ष व्यवस्थापन गरिएको हुँदा लैङ्गिक हिंसामा परेका पीडित जुनसुकै समयमा यहाँ आएर सेवा लिनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा विजय परियार बताउनुहुन्छ ।

आधारभूत सेवा लगभग पूर्ण रहेको र निकट भविष्यमा बहु–विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले हिंसाका घटना बढ्दै गरेको अवस्थामा स्वास्थ्योपचारका लागि अस्पताल आउने पीडितले एकै ठाउँबाट अब कानुनी उपचार, पुनःस्थापनालगायत सेवा पाउने बताउनुभयो ।

“कतिपय पीडित अवस्थामा रहे पनि कानुनी उपचारका लागि न्यायको खोजीमा पुग्दैनन्, भित्रभित्रै हिंसाका सिकार भएर बस्न बाध्य छन्”, उहाँले भन्नुभयो, “अब उनीहरुलाई स्वास्थ्योपचार, कानुनी उपचारदेखि पुनःस्थापनाका कुरा एकै ठाउँबाट सेवा दिनका लागि यो सेवाको सुरुआत गरेका छौँ ।”

अस्पतालको बन्दै गरेको नयाँ भवनमा छुट्टै कक्ष स्थापना गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले अस्पतालको सेवाको क्षेत्र बढाउँदै यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई ढुक्कसँग काम गर्ने वातावरण तयार पार्ने बताउनुभयो । उहाँले पूर्वी पाल्पाको स्वास्थ्य क्षेत्रको धरोहरका रुपमा रहेको यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताउनुहुन्छ ।

महिला तथा बालबालिका विभिन्न प्रकारका लैङ्गिक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गरेको छ । यस्ता समस्याको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्लास्थित अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका, किशोरी तथा महिलाका लागि विभिन्न सेवा प्रदान गरिँदै आएको छ । हिंसामा परेका व्यक्तिलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रबाट हिंसापीडित वा प्रभावितको स्वास्थ्यसम्बन्धी विवरण, सङ्कलन, परीक्षण, उपचार अभिलेखीकरण गर्ने, शारीरिक चोटपटकको उपचार तथा चिकित्साजन्य जाँच गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान तथा चिकित्सासम्बन्धी कानुनी परीक्षण गर्ने÷गराउने, कानुनी परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध हुनेछन् । यौनजन्य सङ्क्रमणको उपचार गर्ने, एचआइभी जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, हेपाटाइटिस ‘बी’ बाट बचावट गर्ने लगायतका स्वास्थ्यसम्बन्धी सेवाहरु छन् ।

सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने, लैङ्गिक हिंसापीडित वा प्रभावितको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनिकल प्रोटोकलअनुसार सेवा उपलब्ध गराउने, आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने, लैङ्गिक हिंसापीडित वा प्रभावितलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आवश्यकताका आधारमा पीडकलाई समेत मनोसामाजिक विमर्श÷परामर्श सेवा उपलब्ध गराइनेछ ।

सुरक्षा लैङ्गिक हिंसाबाट पीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिन जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउने गरी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, सेवा केन्द्र, पुनःस्थापना केन्द्र र समुदायमा समेत लैङ्गिक हिंसाबाट प्रभावितको सुरक्षा प्रदान गर्ने गरी सो सेवा प्रदान गरिनेछ ।

उनीहरुसँग सम्बन्धित सूचनाको गोपनीयता कायम गर्ने गरी हिंसापीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि सामुदायिक सेवा केन्द्र एवं सुरक्षित आवासमा बस्ने सेवाका लागि सम्प्रेषण गर्ने, प्रभावितले आवश्यकताअनुसारको सेवा उक्त सामुदायिक सेवा केन्द्र तथा सुरक्षित आवासबाट प्राप्त गर्न सक्दछन् ।

कानुनी परामर्श र उपचार आवश्यकताअनुसार जिल्ला न्यायाधिवक्ता तथा कानुनी सहायता केन्द्र÷कानुनी परामर्शदाताको सहयोगबाट लैङ्गिक हिंसापीडित वा प्रभावितका लागि कानुनी उपचारका लागि आवश्यक सेवा प्रदान गर्ने जनाइएको छ । रासस

शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.