हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयको आयोजनामा स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।
आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।