• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गलकोट नगरपालिकामा ज्येष्ठ नागरिकको उपचार घरमै

  •  बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

ढोरपाटन । गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउनुहुन्छ ।

नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ । घरमै उपचार पाएपछि उहाँ दङ्ग हुनुभएको छ, “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।” पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उहाँ अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिनुहुन्छ ।

गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ”, उहाँले भन्नुभयो ।

भण्डारी भन्नुहुन्छ, “केही दिनदेखि सञ्चो भएको थिएन, अस्पताल जाने निधो गरेको थिएँ, त्यही बेला घरमै चिकित्सकहरुले जाँच गरेर औषधि दिए, अस्पताल जानै परेन । नगरपालिकाले घरमै उपचार गर्न पठाउँछ भन्ने सुने पनि विश्वास लागेको थिएन, तर हो रैछ, हामीजस्ता उमेर नाघेका बूढाबूढीलाई सजिलो हुने भयो ।”

गलकोट नगरपालिका–२ का अध्यक्ष तथा प्रवक्ता हिमबहादुर भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सतेत रहेको बताउनुहुन्छ । उहाँ ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले घरमै पुगेर परीक्षण गर्नाका साथै सामान्य औषधिसमेत उपल्ब्ध गराउन थालेको जानकारी दिनुहुन्छ ।

“यस वर्षदेखि हामीले नयाँ कार्यक्रम सुरु गरेका छौँ, खासगरी ज्येष्ठ नागरिकका लागि । समय–समयमा स्वास्थ्यकर्मीसहितको टोली गाउँमा जाने, ज्येष्ठ नागरिकलाई भेट्ने, उहाँहरुको समस्या बुझ्ने र जाँच गर्ने”, प्रवक्ता भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार सामान्य औषधि नगरपालिकाले उपलब्ध गराउँछ भने थप उपचार आवश्यक भएमा सोही अनुसार सुझाव दिएर बाहिर पठाउने गरिएको छ ।

जिल्लामै पहिलो पटक नगर अस्पताल सञ्चालन

नगरपालिकाले जिल्लामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याएको छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाले साबिक गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी उक्त अस्पताल बनाएको नगरप्रमुख भरत शर्मा गैरे जानकारी दिनुहुन्छ ।

नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । हालसम्म पालिकाको आन्तरिक स्रोतबाटै अस्पताल सञ्चालनमा ल्याएको भन्दै अब प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना माग गर्ने नगरप्रमुख गैरे बताउनुहुन्छ । “अहिले १० शय्यामा बिरामी भर्ना गरेर उपचार सुरु गरेका छौँ, आगामी वर्षदेखि सामान्य शल्यक्रिया पनि सुरु गर्ने योजना छ । अस्पतालका लागि थप संरचना आवश्यक छ, त्यसका लागि जग्गा व्यवस्थापनकै चरणमा छौँ”, उहाँ भन्नुहुन्छ, “अहिले सुरुआत हो, सेवालाई प्रभावकारी बनाउँदै जानेछौँ ।”

नगरप्रमुख गैरे गलकोट क्षेत्रका नगरिकलाई स्थानीयस्तरमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरुले पहल गरिरहेको जानकारी दिनुहुन्छ । उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै सहर जानेको सङ्ख्या बढ्दै गएकाले उनीहरुलाई स्थानीयस्तरमा सर्वसुलभ उपचारको व्यवस्था गराउने उद्देश्यले सेवा विस्तार गरिरहेको उहाँको भनइ छ ।

अस्पतालमा एक विशेषज्ञसहित दुई मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक, तीन अनमी, दुई अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल एक विशेषज्ञ, एक मेडिकल अधिकृत, छ पारामेडिक्स, नर्सिङ पाँच, रेडियोग्राफर एक, डेन्टलहाइजेस एक र दुई ल्याब टेक्निसियन रहेको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुशील पौडेल जानकारी दिनुहुन्छ । नगर अस्पतालमा केही दिनअगाडि मात्रै एमडी जिपी (जनरल फिजिसिन) आएको र पछिल्लो समय नगरपालिका भरका अन्य स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइएको उहाँको भनाइ छ ।

“यहाँको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय निकै परिवर्तन हुँदै गएको छ, गाउँ–गाउँका स्वास्थ्य चौकीदेखि नगर अस्पतालले राम्रो सेवा प्रदान गरिरहेका छन्”, जनस्वास्थ्य निरीक्षक पौडेल बताउनुहुन्छ । स्थानीयस्तरमा नै प्रभावकारी सेवा दिन सके बिरामीलाई बाहिर पठाउनु नपर्ने उहाँको भनाइ छ । रासस

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.