• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गलकोट नगरपालिकामा ज्येष्ठ नागरिकको उपचार घरमै

  •  बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

ढोरपाटन । गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउनुहुन्छ ।

नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ । घरमै उपचार पाएपछि उहाँ दङ्ग हुनुभएको छ, “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।” पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उहाँ अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिनुहुन्छ ।

गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ”, उहाँले भन्नुभयो ।

भण्डारी भन्नुहुन्छ, “केही दिनदेखि सञ्चो भएको थिएन, अस्पताल जाने निधो गरेको थिएँ, त्यही बेला घरमै चिकित्सकहरुले जाँच गरेर औषधि दिए, अस्पताल जानै परेन । नगरपालिकाले घरमै उपचार गर्न पठाउँछ भन्ने सुने पनि विश्वास लागेको थिएन, तर हो रैछ, हामीजस्ता उमेर नाघेका बूढाबूढीलाई सजिलो हुने भयो ।”

गलकोट नगरपालिका–२ का अध्यक्ष तथा प्रवक्ता हिमबहादुर भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सतेत रहेको बताउनुहुन्छ । उहाँ ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले घरमै पुगेर परीक्षण गर्नाका साथै सामान्य औषधिसमेत उपल्ब्ध गराउन थालेको जानकारी दिनुहुन्छ ।

“यस वर्षदेखि हामीले नयाँ कार्यक्रम सुरु गरेका छौँ, खासगरी ज्येष्ठ नागरिकका लागि । समय–समयमा स्वास्थ्यकर्मीसहितको टोली गाउँमा जाने, ज्येष्ठ नागरिकलाई भेट्ने, उहाँहरुको समस्या बुझ्ने र जाँच गर्ने”, प्रवक्ता भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार सामान्य औषधि नगरपालिकाले उपलब्ध गराउँछ भने थप उपचार आवश्यक भएमा सोही अनुसार सुझाव दिएर बाहिर पठाउने गरिएको छ ।

जिल्लामै पहिलो पटक नगर अस्पताल सञ्चालन

नगरपालिकाले जिल्लामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याएको छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाले साबिक गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी उक्त अस्पताल बनाएको नगरप्रमुख भरत शर्मा गैरे जानकारी दिनुहुन्छ ।

नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । हालसम्म पालिकाको आन्तरिक स्रोतबाटै अस्पताल सञ्चालनमा ल्याएको भन्दै अब प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना माग गर्ने नगरप्रमुख गैरे बताउनुहुन्छ । “अहिले १० शय्यामा बिरामी भर्ना गरेर उपचार सुरु गरेका छौँ, आगामी वर्षदेखि सामान्य शल्यक्रिया पनि सुरु गर्ने योजना छ । अस्पतालका लागि थप संरचना आवश्यक छ, त्यसका लागि जग्गा व्यवस्थापनकै चरणमा छौँ”, उहाँ भन्नुहुन्छ, “अहिले सुरुआत हो, सेवालाई प्रभावकारी बनाउँदै जानेछौँ ।”

नगरप्रमुख गैरे गलकोट क्षेत्रका नगरिकलाई स्थानीयस्तरमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरुले पहल गरिरहेको जानकारी दिनुहुन्छ । उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै सहर जानेको सङ्ख्या बढ्दै गएकाले उनीहरुलाई स्थानीयस्तरमा सर्वसुलभ उपचारको व्यवस्था गराउने उद्देश्यले सेवा विस्तार गरिरहेको उहाँको भनइ छ ।

अस्पतालमा एक विशेषज्ञसहित दुई मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक, तीन अनमी, दुई अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल एक विशेषज्ञ, एक मेडिकल अधिकृत, छ पारामेडिक्स, नर्सिङ पाँच, रेडियोग्राफर एक, डेन्टलहाइजेस एक र दुई ल्याब टेक्निसियन रहेको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुशील पौडेल जानकारी दिनुहुन्छ । नगर अस्पतालमा केही दिनअगाडि मात्रै एमडी जिपी (जनरल फिजिसिन) आएको र पछिल्लो समय नगरपालिका भरका अन्य स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइएको उहाँको भनाइ छ ।

“यहाँको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय निकै परिवर्तन हुँदै गएको छ, गाउँ–गाउँका स्वास्थ्य चौकीदेखि नगर अस्पतालले राम्रो सेवा प्रदान गरिरहेका छन्”, जनस्वास्थ्य निरीक्षक पौडेल बताउनुहुन्छ । स्थानीयस्तरमा नै प्रभावकारी सेवा दिन सके बिरामीलाई बाहिर पठाउनु नपर्ने उहाँको भनाइ छ । रासस

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.