• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ८ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ८ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ९ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १० घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १२ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १५ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

अझै जडान भएनन् ‘डायलायसिस मेसिन’

  •  आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित

तुलसीपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलायसिस मेसिन’ पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ । मेसिन आएको सात महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेका छैनन् ।

मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि रु २५–३० लाख खर्च लाग्छ । त्यस्तै अहिले चार नर्सिङ कर्मचारीमात्रै कार्यरत हुनुहुन्छ । तर मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी चाहिन्छ । अर्कातर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ । अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा ओम अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।”

पूर्व स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रादेशिक अस्पताललाई आठवटा डायलायसिस मेसिन उपलब्ध गराउनुभएको थियो । तीमध्ये तीन मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ । तर ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अर्यालले बताउनुभयो ।

अहिले अस्पतालमा पाँच डायलायसिस मेसिनमध्ये चार मेसिनमात्रै सञ्चालनमा छन् । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन । अन्य पाँचवटा मेसिन पनि जडान हुन नसक्दा धेरै मिर्गौलारोगीले सास्ती भोग्नुपरेको छ । अहिले ८४ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौँ, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलायसिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलायसिस गरिरहेका छन् ।

आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताउनुभयो । “अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ”, उहाँले भन्नुभयो, “अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।”

कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले चारजना स्टाफ नर्समात्रै कार्यरत हुनुहुन्छ । नयाँ मेसिन जडान भएपछि १० नर्सिङ स्टाफ चाहिन्छ । त्यस्तै आवश्यक उपकरणका लागि रु २५–३० लाख लगानी लाग्छ । रासस

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.