बेइजिङ ।रेडक्रस सोसाइटी अफ चाइनाले सोमबार रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घमार्फत टर्किएका भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय सहायता पठाएको छ ।
अत्यावश्यकरूपमा आवश्यकपर्ने २० टन टेन्टसहितको ढुवानी सोमबार साङ्घाई पुडोङ विमानस्थलबाट प्रस्थान गरेको जनाइएको छ । उक्त आपूर्तिहरू टर्किस रेड क्रिसेन्ट सोसाइटीद्वारा व्यवस्थापन गरिनेछ र भूकम्प प्रभावित क्षेत्रहरूमा वितरण गरिनेछ ।
रेडक्रसले टर्किएमा राहत आवश्यकताहरूको बारेमा थप जानकारी लिने र आफ्नो क्षमताले सक्दो सहयोग गर्ने बताएको छ । रासस÷सिन्ह्वा
