• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सेनिटरी प्याड पाएपछि छात्रा खुसी, ‘नियमित विद्यालय आउँछौँ’

  •  मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

देउखुरी । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भन्नुभयो, “अब नियमित विद्यालय आउँछु, महिनावारी भएको समयमा प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।”

सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन् ।

घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महिनामा चार दिन विद्यालय अनुपस्थित रहने गर्नुहुन्थ्यो । “अब सधैँ विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो पनि बढेको छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि यति राम्रो कार्यक्रम आयो राम्रो लागेको छ, अब त एकदिन पनि नबिराई विद्यालय आउँछु ।”

किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् । विगतका वर्षमा विद्यालयले नै प्याड खरिद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि भने पालिकाले नै सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने र त्यहाँ अध्ययनरत छात्राहरूहरुलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरिद गरी सेनिटरी प्याड वितरण सुरु गरिएको छ ।

सोमबार रामपुर केन्द्र बनाएर १५ वटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ । सेनिटरी प्याड वितरणमा विगतमा विद्यालयलाई विद्यार्थी सङ्ख्या गनेर रकम दिने गरिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यका बारेमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट सःशर्त विनियोजन भएको रु ८६ लाख ३९ हजारमध्ये हाललाई पालिकाले नै आठ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरिद पहिलो महिनाका लागि वितरण सुरु गरेको छ । अब बाँकी प्याड वितरण कार्य भने ई–बिडिङमार्फत पालिकाले प्याड खरिद गरेर ५१ वटै विद्यालयमा वितरण गर्ने सामाजिक विकास महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

घोराही उपमहानगरले २०७७/०७८ मा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो समयमा कोरोना भाइरसको महामारीले कारण विद्यार्थी विद्यालय नआएको हुँदा कार्यक्रम रोकिएको थियो । विसं २०७७ देखि पालिकाभित्रका कक्षा ४ देखि १२ सम्मका १३ हजार दुई सय २४ किशोरीलाई प्रतिविद्यार्थी रु ४२ का दरले रकम उपलब्ध गराएर सेनिटरी प्याड वितरण गरिएको महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

यो कार्यक्रममा माघदेखि असारसम्म ६ महिना लागु भएको तथा रु ८६ लाख ३८ हजार बजेटमध्ये रु ३३ लाख प्याड खरिदमा खर्च भएको उहाँले बताउनुभयो । महिनावारीको समयमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई किशोरीहरूको स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने छात्राको सङ्ख्यालाई कम गर्ने उद्देश्यले सरकारले अघि सारेको यो कार्यक्रमबाट किशोरीलाई फाइदा पुगेको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताउनुभयो ।

प्याड वितरणको समयमा छात्राको मुहारमा खुसी छाएको देख्दा आनन्द आएको उहाँको भनाइ छ । छोरी विद्यालयमा नियमित उपस्थिति हुने र पढाइलाई निरन्तरता दिन यो अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । रासस

मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.