• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा

  •  बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

टङ्कीसिनवारी । सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अस्पतालका तुलनामा बढी व्यवस्थित, सफा र प्रविधिमैत्री बनाउन अस्पताल प्रशासनले ध्यानकेन्द्रीत गरेकोे छ । उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा छ ।

कुनै बेला फोहर र दुर्गन्धित भनेर चिनिने उक्त अस्पतालको आकास्मिक सेवामा जडान गरिएको प्रविधि र सरसफाइदेखि सेवाग्राही दङ्ग छन् । नाक थुनेर आकास्मिक सेवामा सेवा लिन छिर्ने गरेका सेवाग्राही अहिले भएको सुधारले खुसी छन् । आकास्मिक सेवाको सरसफाइका लागि चार सफाइकर्मीलाई अस्पतालले खटाएकाले चौविसैँ घण्टा आलोपालो गरी सफाइ हुँदै आएको छ ।

फोहर विसर्जनका लागि कक्षभित्र आधा दर्जनभन्दा बढी ठूला डस्टबिन राखिएको र कुचो लगाउनेदेखि फिनेलपानीले भूइँ पुछ्नेसम्मको काम पटक पटक हुँदै आएको छ ।

तीस शय्या रहेको आकस्मिक सेवा कक्षलाई रेड, एल्लो र ग्रिन जोनमा बाँडिएको छ । तत्कालै अक्सिजन दिएर उपचार गरिनुपर्ने बिरामीलाई रेड, निगरानीमा राख्नुपर्ने बिरामीलाई एल्लो र सामान्य प्रकृतिका बिरामीलाई ग्रिन जोनमा राख्न थालिएको छ । कक्षका पाँच शय्यामा मोनिटर जडान गरिएको र यसबाट बिरामीको रक्तचाप, पल्स रेट र अक्सिजन लेभल थाहा हुनेहुँदा उपचार सजिलो बन्दै गएको छ ।

यस्तै उक्त कक्षको प्रत्येक शय्यासम्म अक्सिजनको पाइप लाइन पु¥याइएको छ । आकास्मिक सेवा कक्षभित्र रहेको चार सिसी टिभी क्यामेराले त्यहाँ भित्रको गतिविधि निगरानी गर्ने गरेको छ । क्यामेरा जडान भएदेखि कक्ष पूर्णरूपमा सुरक्षित भएको छ भने अनावश्यक व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्न पनि सघाउ पुगेको छ । उक्त कक्षमा सात चिकित्सक, १७ प्यारामेडिक्स, चार कार्यालय सहयोगी र चार सफाइ कर्मचारी खटिएका छन् ।

बिरामी भई सघन उपचार कक्षमा भर्ना हुनुभएकी एक वृद्धाकी कुरूवा तारा चापागाईंले आकस्मिक कक्षमा भएको परिवर्तनले आपूm अचम्ममा परेको बताउनुभयो । उहाँले यस अस्पतालको आकस्मिक सेवा सरकारी नभएर कुनै निजी अस्पताल भएको झैँ महसुस भएको चर्चा गर्नुभयो । खोटाङ्ग जिल्लाबाट आएर आकस्मिक सेवामै आमाको उपचार गराइरहनुभएका सुर्यकुमार रइलाले यहाँकोे सरसफाई र छिटो छरितो सेवादेखि आपूm प्रभावित भएको बताउनुभयो ।

उहाँले कक्ष सफासुग्घर रहेको र उपचारमा कुनै समस्या नदेखिएको उल्लेख गर्नुुभयो । जनस्वास्थ्य निरीक्षक एवं उक्त अस्पतालका आकस्मिक सेवा इन्चार्ज गजेन्द्र यादवले पहिलेको जस्तो नाक थुनेर कक्ष छिर्नुपर्ने अवस्था अन्त भएको बताउनुभयो । उहाँले यस कक्षलाई प्रविधिमैत्री बनाउँदै लगिएको र सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ भन्नुभयो । इन्चार्ज यादवले कक्षलाई प्रदेश नं १ कै नमुना बनाउने गरी आपूm नेतृत्वको टोलीले कार्य गर्दै आएको बताउनुभयो । विसं १९४७ मा उक्त अस्पताल स्थापना भएको थियो । रासस

बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.