• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १० घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १० घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ११ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १२ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १४ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १६ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल ?

  •  शनिबार, फागुन १३, २०७९ मा प्रकाशित

ढोरपाटन । धौलागिरि अस्पताल जिल्ला सदरमुकाम बागलुङ बजारमा छ । बागलुङ बजारमा रहेको धौलागिरि अस्पतालमा पश्चिम बागलुङका बिरामी नगन्य मात्रा आउँछन् । बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन् । तत्कालीन जिल्ला अस्पतालाई विसं २०६७ मा धौलागिरि अञ्चल अस्पतालका रुपमा स्तरोन्नति गरियो । बागलुङ जिल्ला अस्पताललाई बुर्तिबाङ बनाउने निर्णय भयो ।

बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णय दशक बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा विकास गर्ने गरी भवन बने पनि सरोकारवाला निकायको मौनताले अहिलेसम्म बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । गाउँगाउँमा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आए पनि जटिल खालको उपचार गराउन ठूला अस्पतालमै पु¥याउनुपर्ने बाध्यता छ ।

बुर्तिबाङमा पनि पर्याप्त जनशक्ति र आवश्यक उपकरण नहुँदा यहाँका हजारौँ नागरिक पाल्पा, पोखरा, भरतपुर र काठमाडौँका ठूला अस्पताल धाउन बाध्य छन् । पछिल्लो समय पालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासहित पालिकास्तरीय आधारभूत अस्पताल बन्दै छन् । यहाँ पनि ‘सिरियस’ बिरामीको उपचार हुनेमा स्थानीय विश्वस्त छैनन् । गाउँमा कोही सिकिस्त बिरामी भए पाल्पा पोखरा नै पु¥याउनेपर्ने बाध्यता स्थानीय मीनबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले सरकारले बुर्तिबाङमा जिल्ला अस्पताल बनाउने आश्वासन दिए पनि अहिलेसम्म बन्न नसक्दा कैयौँले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । गाउँबाट बिरामीलाई बुर्तिबाङ झार्ने र यहाँ उपचार हुन नसक्दा ठूलो अस्पतालमा पु¥याउँदापु¥याउँदै मृत्यु हुने गरेको दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “देशमा नेता मात्रै भएर के गर्ने, जनतालाई सधैँ दुःख छ, हाम्रो क्षेत्रमा राम्रो अस्पताल नहुँदा हजारौँ रकमसँगै ज्यान गुमाउने पर्ने स्थिति छ ।”

गाउँका स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गर्छन् । यहाँ पनि उपचार नभएपछि अर्को नजिक उपचार हुने अस्पताल कतै छैन । जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा भन्दा पश्चिम क्षेत्रका बिरामी पाल्पा तथा बुटवलतिर जाने गर्छन् । निसीखोलाका तिलबहादुर पुनले पश्चिम क्षेत्रमा राम्रो अस्पताल नहुँदा देशका ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको गुनासो पोख्नुभयो ।

“अहिले जमाना फेरियो, संस्कार संस्कृति फेरियो, पहिलेपहिलेको जस्तो अवस्था छैन, खानपान पनि फेरियो, मान्छेलाई अनेकथरीको रोग लाग्न थाल्यो, नजिकमा राम्रो अस्पताल छैन”, तिलबहादुरले भन्नुभयो, “पहिले धामीझाँक्री गर्ने चलन थियो अहिले त बिरामी हुँदाबित्तिकै अस्पताल जानुपर्छ, यहाँ उपचार नभएपछि त काठमाडौँ, बटौली जानुपर्छ, यस क्षेत्रका मान्छेको उपचार धेरै महँगो पर्छ ।”

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले दरबन्दीभन्दा बढी जनशक्ति भए पनि अझै अपर्याप्त भएको बताउनुभयो । उहाँका अनुसार यस स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी हो तर यहाँ हाल कार्यालय सहयोगीसहित ४० जना कार्यरत छन् । एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि पाँच जना मेडिकल अधिकृत छन् । उनीहरू पाँचै जना अस्थायी हुन् । तीन जना अहेवको स्थायी दरबन्दी रहेको एक जना स्थायी र तीन जना करारका छन् ।

एक जना स्टाफ नर्सको दरबन्दी रहेकामा तीन जना कार्यरत छन् । सोमध्ये दुई जना स्थायी र एक जना करारका छन् । तीन जना अनमीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच जना कार्यरत छन् । तीमध्ये तीन जना स्थायी, दुई जना करारका छन् । एक जना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकामा तीन जना कार्यरत छन् । जसमा दुई जना स्थायी, एक जना करारका हुन् ।

एक जना कार्यालय सहयोगीको दरबन्दी रहेकामा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र नौ जना करारका हुन् । एक जना ल्याब टेक्निसियनको दरबन्दी रहेकामा छ जना कार्यरत छन् । जसमा एक स्थायी पाँच जना करारका हुन् । स्वास्थ्य केन्द्रमा हाल एक जना फार्मेसी पनि करारमै राखेर सेवा दिइराखेको डाक्टर सुवेदीले जानकारी दिनुभयो ।

डाक्टर सुवेदी भन्नुहुन्छ, “यहाँ देख्दा धेरै कर्मचारी देखिन्छ, तर चौबिसै घण्टा इमरजेन्सी, ल्याबलगायतका सेवा प्रवाह गर्दा निकै गाह्रो छ, थोरै डाक्टर, नर्स र कर्मचारीले चलाउनुपरेको छ, हामीहरूले जतिसक्दो गुणस्तरीय र सहजरुपमा सेवा प्रदान गरिरहेका छौँ, अझै जनशक्ति थपिए यहाँको सेवा धेरै प्रभावकारी बन्थ्यो ।”

डाक्टर सुवेदीका अनुसार अहिले यहाँ १५ श्यया सञ्चालनमा छ । यस स्वास्थ्य केन्द्रमा हुने गर्भवती शल्यक्रिया सेवा सिन्धुलीबाहेक नेपालको कुनै प्राथमिक स्वास्थ्य केन्द्रमा नभएको सुवेदीको भनाइ छ । गर्भवती शल्यक्रिया सेवा यहाँ लामो समयदेखि सञ्चालनमा छ । पछिल्लो समय यहाँ दैनिक करिब डेढ सय बिरामी आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भए पनि जिल्ला अस्पतालमा जस्तो बिरामी चाप हुने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी एक सय श्ययाको अस्पताल बनाउन पहल गरिरहेको बताउनुभयो । उहाँले ५० देखि तीन सय श्ययाको अस्पताल व्यवस्थापन र सञ्चालन गर्ने दायित्व प्रदेश सरकारको भएको भन्दै यस विषयमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

“यहाँ एक सय श्ययाको अस्पताल बनाउन पर्याप्त जग्गा छ, पूर्वाधार छ, अब जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरी सञ्चालन गर्न बाँकी छ”, सांसद कुँवरले भन्नुभयो, “हामीहरूले बुर्तिबाङमा एक सय अस्पतालको बनाउनका माग गरिरहेको धेरै वर्ष बितिसक्यो अहिलेसम्म सुनुवाइ हुन सकेन, सरकारले अपनत्व ‘फिल’ ग¥यो भने गाह्रो छैन ।” यहाँ विशेषज्ञ डाक्टरसहित जिल्ला अस्पताल सञ्चालनमा आए पश्चिम बागलुङ छ पालिकासहित गुल्मी, प्युठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो । रासस

शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.