• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालय प्रयोगविहीन बन्दै

  •  मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

चौतारा ।उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचारमार्फत पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मङ्गलबार आयोजना गरेको स्थानीयस्तरका पत्रकारसँग आयुर्वेद सेवाको प्रवर्द्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेद उपचारमा चेतना विस्तार आवश्यक रहेको बताउनुभयो । आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधि र यसमा संलग्नले प्रचारप्रसार गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराका अध्यक्ष कमल अधिकारीले कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले जिल्लामा रहेका महत्त्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको बताउनुभयो ।

जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ आयुर्वेदिक औषधालय र पाँच आरोग्य सेवा केन्द्र रहेको केन्द्रका प्रमुख डा कार्कीले जानकारी गराउनुभयो । केन्द्रबाट २३ थरीका औषधि निःशुल्क वितरण भइरहेको भए पनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुर्वेदिक औषधालय ओझेलमा परेको उहाँको धारणा छ । बाह्र वटा स्थानीय तह रहेको जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैन । रासस

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.