• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

  •  शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

दमौली । कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा बहिरा व्यक्ति विद्यार्थीकारुपमा अध्ययन गर्छन् ।

तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।

विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउनुहुन्छ । “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ”, बस्नेतले भन्नुभयो, “तर जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”

सरकारले बहिरा व्यक्तिका लागि मासिक प्रतिविद्यार्थी रु चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोशाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

“चौध वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, बस्नेत भन्नुहुन्छ, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।”

यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरैपटक सरोकारवाला निकाय गुहारिसक्यौँ, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले भन्नुभयो ।

कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ विद्यार्थी छन् । त्यसमध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।

छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवासगृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थ बताउनुहुन्छ ।

अठ्ठाइस जना विद्यार्थीका लागि १० महिनावापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुईपटक मासु र हप्तामा एकपटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको प्रधानाध्यापक पन्थले बताउनुभयो ।

व्यास नगरपालिका–१ का वडा सदस्यसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिकामा कुरा उठाउने गरे पनि सम्बोधन नभएको गुनासो गर्नुहुन्छ । “म आफैँ स्थानीय सरकारको प्रतिनिधित्व हुँ, नगरप्रमुखसँग यस विषयमा धेरैपटक कुरा गरिसकेँ, सुनुवाइ हुँदैन”, बस्नेतले भन्नुभयो, “भवन निर्माण, भान्साकोठा व्यवस्थापनका लागि पनि नगरपालिकाको तर्फबाट बजेट आउँछ ।” यही वर्ष व्यास नगरपालिकाको रु तीन लाख सहयोगमा भान्साकोठा निर्माण गरिएको छ ।

कक्षा ५ उत्तीर्ण भएपछि यहाँका विद्यार्थी पोखरा, गोरखा, बागलुङ जाने गरेका छन् । गत शैक्षिकसत्रमा यहाँबाट तीन विद्यार्थी अन्यत्र गएका छन् । विद्यालयमा प्रधानाध्यापकसहित पाँच शिक्षक छन् । त्यसमध्ये दुई पूण तथा एक आंशिक बहिरा व्यक्ति र एक जना दोभाषे शिक्षक कार्यरत छन् । शिक्षकमध्ये एक स्थायी रहेको र बाँकी चार जना करारमा रहेको विद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयमा चार सहयोगी कर्मचारी छन् । ती कर्मचारीको मासिक तलब पनि न्यून छ । मासिक रु १३ हजार चार सय ५० तलबमा उनीहरूले काम गर्दै आएका छन् । विसंं २०५२ मा खरीस्वाँरा प्राथमिक विद्यालयका रूपमा सञ्चालित विद्यालयलाई विसं २०५२ मा स्थानीय मिश्र परिवारले एक रोपनी जग्गा दिएपछि उक्त विद्यालय गङ्गादत्त प्राविमा रुपान्तरण भएको थियो ।

सोही ठाउँका खड्गबहादुर दाहाल र सीता दाहालले माइला छोरा स्व बुद्धसागर दाहालको स्मृतिमा विद्यालय भवन निर्माणका लागि विसं २०५६ मा जग्गा दान दिनुभएको थियो । स्व दाहाल भारतीय सेनामा रहँदा विसं २०५५ फागुन ११ गते जागिरकै सिलसिलामा मृत्यु भएको थियो । दाहाल परिवारले छोराको स्मृतिमा एक रोपनी आठ आना जग्गा र रु १० लाख सहयोग गरेका थियो ।

त्यतिबेला बुद्ध दाहाल प्राथमिक विद्यालयको रूपमा सञ्चालित यस विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि विसं २०७१ मा जलदेवी माध्यमिक विद्यालयमा गाभिएको थियो । जलदेवी माध्यमिक विद्यालयमा चारवटा स्रोत केन्द्रमार्फत बहिरा विद्यार्थी अध्ययन गर्दै आएका थिए । विसं २०७४ असारबाट भने बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयको रूपमा हालसम्म सञ्चालित छ । त्यतिबेला विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत थिए । रासस

शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.