• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • २ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ४ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ९ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ९ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित

  •  बुधबार, चैत १५, २०७९ मा प्रकाशित

पर्वत ।सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिकरूपमा रु पाँच हजार रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै कार्यविधि सबै स्थानीय तहलाई पठाएको थियो । सरकारले बजेटमै समावेश गरेर सो निर्णय गरेको भए पनि स्थानीय तहले त्यसलाई कार्यान्वयन नगर्दा दीर्घरोगी उक्त सुविधाबाट बञ्चित छन् ।

मिर्गौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोउपचार खर्च दिने सरकारको घोषणा पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । स्थानीय तहमार्फत प्रक्रिया पूरा गरेका बिरामीले गत साउनबाटै रकम पाउनुपर्ने भए पनि पर्वतको पैयँु गाउँपालिकाबाहेक अन्य स्थानीय तहले वितरण गरेका छैनन् । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् ।

अधिकांश पालिकाले बजेट अभावका कारण राहत रकम वितरण नगरेको जनाएका छन् । कुश्मा नगरपालिकाले दीर्घरोगीको अभिलेख सङ्कलन गरे पनि बजेट उपलव्ध गराउन नसकेको जनाएको छ । कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक यामप्रसाद शर्माले केन्द्रबाट रकम नआएसम्म मासिक रु पाँच हजार उपचार खर्च वितरण गर्न नसकिने बताउनुभयो ।

“दीर्घरोगीको अभिलेख सङ्कलन भइसकेको छ, कुश्मामा दुई सयभन्दा बढी बिरामी छन्”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतबाट नभ्याउने हुँदा कार्यान्वयन गर्न सकिएको छैन ।” उहाँले कुश्मा नगरपालिकाले मात्र नभई पर्वतका अन्य पालिकाले पनि दीर्घरोगीलाई रकम वितरण नगरेको बताउनुभयो ।

फलेवास नगरपालिकाले दीर्घरोगीको विवरण सङ्कलन गरे पनि रकम उपलब्ध गराएको छैन । नगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण पठाए पनि रकम नआएका कारण उपलब्ध गराउन नसकेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत सापकोटाले बताउनुभयो ।

पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलका अनुसार पैयुँले दीर्घरोगीलाई रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत असोज १ गतेदेखि रकम उपलब्ध गराउन थालेको हो । पैयुँमा २० दीर्घरोगी छन् । उनीहरूले मासिक रकम पाउन थालेका छन् । गाउँपालिकाले आन्तरिकरूपमा शोधभर्ना हुने गरी रकम उपलब्ध गराउँदै आएको छ ।

पैयुँले गम्भीर रोग लागेका नागरिकको उपचारमा समेत सहयोग गर्दै आएको भुर्तेलले बताउनुभयो । गाउँपालिकाले स्थायीरूपमा बसोबास गर्दै आएका मुटु, मिर्गौैला, क्यान्सर र पक्षघात (प्यारालाइसिस)का बिरामीलाई पालिकाभन्दा बाहिरी स्वास्थ्य संस्थामा उपचार वा जाँच गराएको हकमा रु १० हजार दिने निर्णय गरेको छ ।

बुधबार, चैत १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.