• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ५ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक

  •  बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

गलकोट ।धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पताललाई स्तरोन्नति गरी दुई सय शय्याका बनाउन समस्या भइरहेको छ । अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार पाँच ब्लकमा भवन आवश्यक भए पनि अहिले ए र बी बाट सेवा दिइराखेको छ । विसं २०७० बाट निर्माण सुरु भएको अस्पतालमा ‘सी’ ब्लक भवन निर्माण भएर हस्तान्तरण नहुँदा अस्पताल स्तरोन्नतिमा समस्या भइरहेको छ ।

पाँच वर्षअघि विभागरहित अस्पतालमा अहिले नयाँ २४ विभागबाट सेवा दिइराख्दा भवन अभाव भइरहेको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । अस्पतालमा मनोपरामर्श सेवादेखि अत्याधुनिक उपकरणको सहायताले शल्यक्रिया हुन्छ ।

प्रदेशको उप–प्रादेशकि अस्पताल बनाउने गरी गण्डकी प्रदेश सरकारले बर्सेनि उपकरणलगायत आवश्यक बजेट विनियोज गर्दै आए पनि स्तरोन्नति गर्न अस्पताल भवन बाधक बनेको उहाँले बताउनुभयो । हालै गण्डकी प्रदेश सरकारले रु १० करोडको सिटिस्क्यान खरिदका लागि बजेट विनियोजन गरे पनि स्थान अभाव भइरहेको छ ।

“दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने गरी योजना तथा बजेट निकासा भइरहँदा भवन अभावले स्तरोन्नतिमा समस्या छ, अहिले ५० शय्याको अस्पतालले एक सय २५ शय्यामा सुविधा दिइराखेको छ, दरबन्दी पुरानै हो”, पौडेलले भन्नुभयो, “अस्पतालको ‘सी’ ब्लक हस्तान्तरण भए तत्काललाई समस्याको हट्छ ।”

अस्पताल बागलुङको सुविधा सम्पन्न ‘सी’ ब्लक भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल निर्माण कार्य पूरा भए पनि निर्माण व्यवसायीले लागत थपको माग गर्दै हस्तान्तरण नगर्दा समस्या भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा रवीरन्जन प्रधानले जानकारी दिनुभयो ।

अस्पतालले १५ शय्याको आकस्मिक सेवा, ४५ शय्याका बिरामी भर्ना, चार शय्याको आइसियु, एनआइसियुको चार शय्या र आइसोलेसन २९ शय्याबाट सेवा दिइरहेको छ ।

विसं २०७० मा तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको लापर्बाहीले अस्पताल भवन बन्न नौ वर्ष लाग्यो । यसले प्रदेशले उप–प्रादेशिक अस्पताल बनाउने लक्ष्य पूरा हुन नसकेको प्रधानको भनाइ छ ।

अस्पतालमा सुविधा सम्पन्न दुई भवन बनिसके पनि तेस्रो भवन निर्माण हुँन ढिलाइ भएपछि सेवा प्रभावित बन्दै आएको थियो । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरु भएको ४० कोठे अस्पताल भवन चार पटक म्याद थप्दा २०७९ निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा स्तरोन्नतिमा समस्या भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले बताउनुभयो । “उपप्रादेशिक अस्पताल बनाउन अहिलेको मुख्य बाधक भवन हो, भवन हस्तान्तरण भए सहज हुनेछ, सिटिस्क्यान सेवासमेत ‘सि’ ब्लकमा राखिनेछ”, न्यूरेले भन्नुभयो ।

अस्पतालको जग्गा, विद्युत् पोल र कोरोनालाई देखाएर निर्माण व्यवसायीले अस्पताल भवन सम्झौताभन्दा छ वर्ष ढिला काम सम्पन्न गरे पनि लागत मूल्याङ्कन बढाउन खोज्दा अहिले हस्तान्तरण नभएको हो । भवन निर्माणको जिम्मा आशिष÷मिलिनियम र भीम ज्योति जेभीले पाएको थियो । विसं २०७० असारमा उक्त निर्माण कम्पनीले तीन वर्षमा सक्ने गरी रु १० करोड छ लाख ६६ हजार छ सय ५५ मा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लियो । भवन निर्माण ढिलाइ भए पनि धौलागिरि अस्पतालले कोरोना सङ्कटमा निकै समस्या झेल्नुप¥यो । रासस

बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.