• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १० घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ११ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ११ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ११ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ११ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १३ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १४ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १७ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

  •  सोमबार, साउन २२, २०८० मा प्रकाशित

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ्गु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेङ्गु नियन्त्रणका लागि ‘डेङ्गु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताउनुभयो ।

तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेङ्गु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले डेङ्गु सङ्क्रमितको उपचार निःशुल्क भइरहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमन सिंहले डेङ्गु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो । “डेङ्गु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले नेपालमा डेङ्गीको अवस्था, लामखुट्टे बस्ने र विकास हुने स्थान, डेङ्गी रोग रोकथाम, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय निर्देशिका, हालसम्म भएका प्रमुख उपलब्धी, उपचार तथा व्यवस्थापन लगायतका विषयमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘डेङ्गी नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष सरोज पोखरेलले स्वास्थ्य क्षेत्रको हकमा सङ्घीयता प्रभावकारी नभएको बताउँदै डेङ्गु नियन्त्रणमा व्यक्ति स्वयमले सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो । विसं २०६१ मा पहिलो पटक डेङ्गुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उहाँको भनाइ छ ।

नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए । जसमध्ये कर्णाली प्रदेशमा छ सय ८२, मधेस प्रदेशमा एक हजार १८, सुदुरपश्चिम प्रदेशमा एक हजार तीन सय ५३, गण्डकी प्रदेशमा एक हजार नौ सय ५७, कोशी प्रदेशमा दुई हजार तीन सय नौ, लुम्बिनी प्रदेशमा पाँच हजार ३७ र बाग्मती प्रदेशमा ४२ हजार चार सय २८ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए । रासस

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.