• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ३६ मिनेट 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ३८ मिनेट 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ४० मिनेट 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ४४ मिनेट 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • २ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ४ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ६ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ६ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  •  बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

चितवन । पश्चिम चितवनका बासिन्दालाई साना–साना स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि भरतपुर अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्यसमेत भएको महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको कुल दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा जग्गा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अगाडि बढाएर भोगचलनका लागि अस्पताललाई दिइने सम्झौतापत्रमा उल्लेख छ ।

कार्यवाहक प्रमुख अधिकारीका अनुसार महानगरपालिकाले हाल पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि रु एक करोड विनियोजन गरेको छ । यस रकमबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गरिने र भवन मर्मत गरी बिरामी जाँचकक्ष तथा प्रशासनिक काउन्टर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । सुरुआती पूर्वाधार तयार भएपछि सेवाको पूर्ण सञ्चालन जिम्मेवारी भरतपुर अस्पतालले लिनेछ ।

साथै यो स्वास्थ्यचौकीमार्फत बालबालिका र महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, बिमा सेवा र प्रयोगशाला (ल्याब रिपोर्ट) सेवासम्म समेटिने छ । शल्यक्रिया वा भर्ना आवश्यक भएमा बिरामीलाई अन्यत्र रेफर नगरी भरतपुर अस्पतालमै थप उपचारका लागि पठाइनेछ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले भरतपुर अस्पतालमा बढ्दो भीडभाड कम गर्ने र गुणस्तरीय सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले अगाडि बढाइएको हो । उहाँका अनुसार सुरुआती चरणमा विशेषज्ञ सेवा राखिनेछ, साथै प्रयोगशाला र फार्मेसी सेवा पनि उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौँ, त्यही सेवा उहाँहरूले त्यहीँ पाउनुहुनेछ ।”

सुरुमा बहिरङ्ग (ओपिडी) सेवाबाट सञ्चालन हुनेछ । त्यसपछि आवश्यकता र सञ्चालन क्षमताको आधारमा क्रमशः आकस्मिक सेवा, अन्तरङ्ग र शल्यक्रिया सेवासम्म विस्तार गर्दै दीर्घकालमा ठूलो अस्पतालमा रूपान्तरण गर्ने सोच रहेको उहाँले बताउनुभयो । सरकारी अस्पतालले यो तहको विशेषज्ञ सेवा पहिलोपटक दिन लागेको बगाले बताउनुहुन्छ । सरसफाइ व्यवस्था, पहुँच बाटो, प्रतीक्षालय, सेवाग्राही प्रतीक्षालयजस्ता कार्यहरू महानगरपालिकाले सम्पन्न गरेसँगै सेवा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
खुसी जीवनका लागि स्वस्थ मुटु

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

खुसी जीवनका लागि स्वस्थ मुटु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.