• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १३ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १४ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १४ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १४ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १४ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १६ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १७ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • २० घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन

  •  सोमबार, असोज ०१, २०८० मा प्रकाशित

काठमाडौँ । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोड्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोड्नुभएको हो । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिनुभयो ।

“चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अङ्गिकार गरेर जान सकिन्छ । सुधार गर्नुपर्नेलाई संशोधन गर्न सकिन्छ । यस विषयमा मन्त्रिपरिषद्मा चर्चा भइसकेको छ । प्रधानमन्त्रीसमेत सकारात्मक हुनुहुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास दिनुभयो ।

चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयसँगको वार्तापछि आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वासको वातावरण बनेको सङ्घर्ष समितिका सहसंयोजक भुवनचक्र जोशीले बताउनुभयो ।

मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगिन गरिएको हो । अनशनस्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्री बस्नेतसहित भएको वार्तामा मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टङ्क बाराकोटीलगायत सहभागी हुनुहुन्थ्यो । यता सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक जोशीलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटालाई फोकल सर्जन तोक्नुभयो ।

सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ । उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो । रासस

सोमबार, असोज ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.