• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २० मिनेट 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • ६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २४ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २४ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २४ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना

  •  बुधबार, असोज १०, २०८० मा प्रकाशित

डुम्रे (तनहुँ) । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले दिनानुदिन डेङ्गुका बिरामीले अस्पतालमा भरिन थालेको छ, दैनिक बिरामीको सङ्ख्या बढेको छ, अस्पतालमा जनशक्तिले धान्न नसक्ने अवस्था हुँदै गएकाले तत्कालका लागि हामीले नगर तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अस्पतालमा खटाएका छौँ ।” नगरपालिकाले एक डाक्टर, दुई ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

उहाँले भन्नुभयो, “डेङ्गु सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी खटाउनुका साथै बालबालिकालाई सचेत गराउने उद्देश्यले प्रत्येक विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम फैलाउन थालिएको छ ।” बालबालिकालाई सचेत बनाउन सके रोगको सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित स्वास्थ्यकर्मी खटाइएको उहाँले बताउनुभयो ।

त्यस्तै नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेङ्गु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेङ्गुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेङ्गुको संक्रमण नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

उहाँले डेङ्गु नियन्त्रण रोकथामका लागि विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानी गर्ने भएपछि स्वास्थ्य सम्बन्धि विभिन्न सचेतना मूलक कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग नियन्त्रणलाई विभिन्न विषादी छर्कदा मानव स्वास्थ्यलाई असर पर्ने देखियो, त्यसैले हामीले सचेतना मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।”

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित विद्यालयमै पुगेर डेङ्गु सम्बन्धि रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराउने गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सोतीले टायर, जार, नाली लगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सरसफाइमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्कर अधिकारीले जिल्लामा हालसम्म एक हजार आठ सयमा डेङ्गुको सङ्क्रमण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी डेङ्गुको सङ्क्रमण व्यासका वडा नं २ र ३ मा रहेको छ, हालसम्म तीन जनाको डेङ्गु सङ्क्रमणकै कारण ज्यान गएको छ ।”

उहाँका अनुसार डेङ्गुको सङ्क्रमण घट्नुपर्ने अवस्थामा पनि बढिरहेको छ । जिल्लाकै मुख्य बजार क्षेत्र भएकाले पनि यहाँ बढी सङ्क्रमण फैलिएको उहाँको भनाइ छ । जिल्लाका दमौली अस्पताल, समाधान अस्पताल, रत्नहरी अस्पताल, व्यास सिटी अस्पताललगायत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार भइरहेको छ भने केही बिरामीलाई पोखरा सिफारिस गरिएको अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.