• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • ५ मिनेट 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ३ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ५ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ६ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २२ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २३ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २३ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १ दिन 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

  •  शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

भरतपुर । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् । ”

अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पु¥याउन सकिने उहाँको भनाइ छ । “अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्”, उहाँले भन्नुभयो, “अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।”

विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ । सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ ।

सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् । कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो । रासस

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.