• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • ४ घण्टा 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • ४ घण्टा 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • ५ घण्टा 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • ५ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • १० घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ११ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ११ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त

  •  बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

काठमाडौँ ।‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताउनुभयो । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग रहेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा रहेका छन् । उहाँले ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव रहेको बताउनुभयो ।

उहाँले सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको बताउनुभयो । सरकारले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु पाँच हजारसमेत दिने गरिएको छ । “सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्याएको छ”, उहाँले भन्नुभयो, “हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन ।” उहाँका अनुसार बर्सेनि आठ हजारले डायलायसिस गर्ने गरेका छन् ।

मिर्गाैला बिग्रेको कसरी थाहा पाउने ?

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला बिग्रेको भन्ने बुझिन्छ ।

विशेषज्ञ डा काफ्लेले अधिकांश व्यक्ति मिर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको बताउनुहुन्छ । “सुरुको अवस्थामा मिर्गौला बिग्रेका बिरामीलाई थाहा हुँदैन, जब मिर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन्”, उहाँले भन्नुभयो, “मिर्गौलाको सुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ ।” उहाँले सबैको वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउनुपर्ने बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार

मिर्गौला बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरू बताउनुहुन्छ । डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई÷तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्ने जान्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ ।

सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गरेको छ । मिर्गौलाको प्रत्यारोपणका लागि बिरामीलाई काठमाडौँ आउनुपर्ने बाध्यता रहेको छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठे मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको उहाँ बताउनुहुन्छ । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ ।

निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न रु १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक दश हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उहाँको छ । यस्तै अत्यधिक मात्रामा दुखाइका औषधिको प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ ।

लक्षण

उहाँका अनुसार पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मिर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुनेजस्ता मिर्गौला खराबीका लक्षण हुन् ।

बच्ने उपाय

उहाँका अनुसार प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुँदैन । रासस

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.