• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
  • ५९ मिनेट 

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
  • १ घण्टा 

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • २ घण्टा 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • २ घण्टा 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • २ घण्टा 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ६ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ७ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ८ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

  •  बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उहाँले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अङ्गदान गरिसकेको उल्लेख गर्दै अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गर्नुभयो । “मरेर जाने अङ्ग अरुलाई दान गर्दा केही बिग्रँदैन”, उहाँले भन्नुभयो, “मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अङ्गले धेरैको जीवन बचाउन सक्छ ।” मिर्गौला दानबारे जनचेतना जगाउनुपर्नेमा कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिनुभयो ।

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

यसैबीच दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सो खेलमा अङ्ग प्रत्यारोपितको समूह ४–१ गोलअन्तरले विजयी भयो ।

आज विश्वसहित नेपालमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ । रासस

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.