• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ४ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ५ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ५ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • २२ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • २३ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २३ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २३ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २३ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ६. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध

  •  आइतबार, चैत २५, २०८० मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य एक बहुआयामिक विकासको मुद्दा भएको र बहुपक्षीय, बहुक्षेत्रीय सहकार्यबाट मात्र स्वास्थ्यसम्बन्धी नागरिकका अधिकार सुनिश्चित गर्न सकिने जनाएको छ ।

“स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था, गैरसरकारी सङ्घ, संस्था, निजी क्षेत्रहरु सबैले पहल लिन, पैरवी गर्न र थप सहकार्य जरुरी रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल विश्वव्यापी रुपमा विभिन्न रोग, महामारीका कारण चुनौती थपिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “जलवायु परिवर्तन र प्रदूषण जस्ता वातावरणीय समस्याले सफा हावामा श्वासप्रश्वास लिन पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ भने खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र समग्र वातावरणमा प्रतिकूल असर परिरहेको छ । घरभित्र र बाहिरको प्रदूषणले प्रत्येक पाँच सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ ।”

स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाको पहुँच पु-याउने, मानसिक स्वास्थ्य तथा आरोग्यको सुदृढीकरण गर्ने विभागले जनाएको छ । विज्ञप्तिमा शिक्षा सूचनाका साथै सफा खानेपानी, स्वच्छ हावा, पोषण, गुणस्तरीय आवास, समताको सम्बोधन तथा विभेदबाट छुटकाराको विषयमा सचेतना तथा पैरवी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा प्राप्त हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, स्वास्थ्य उपचारसम्बन्धी सूचना र उपचार सेवामा समान पहुँचको हक प्रत्याभूति गरेको छ ।

संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि सङ्घीय संरचना अनुरुप स्वास्थ्य नीति, ऐन, नियमावली, रणनीति तथा योजना तर्जुमा भई कार्यान्वयन भइरहेको विभागले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँचका लागि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको र स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार गरिएको विभागको भनाइ छ । सरकारले सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा पालिकास्तरमा आधारभूत अस्पताल स्थापना तथा सञ्चालन गर्ने नीति लिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले निःशुल्क स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा तथा नवशिशु कार्यक्रम, जोखिममा रहेका गर्भवतीलाई एयर एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, विपन्नलाई आठ जटिल प्रकारका रोगको उपचारमा सहुलियत, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र लगायतका कार्यक्रम गरिरहेको छ । नसर्ने रोग नियन्त्रण गर्न ७७ जिल्लामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ ।

विभागले पूर्वाधार विकास, जनशक्ति, चिकित्सकीय उपकरण तथा सामग्री व्यवस्थापन गर्न तीनै तहको सरकारले लगानी गर्नुपर्ने जनाएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नाराका साथ आज विश्व स्वास्थ्य दिवस विश्वभर मनाइँदै छ । रासस

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.