• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ४ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ४ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ५ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • २२ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • २२ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २३ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २३ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २३ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत

  •  सोमबार, चैत २६, २०८० मा प्रकाशित

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ । अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।

अस्पतालको ५०औँ वार्षिकोत्सवका अवसरमा करिब एक हजार नौ सय २९ बिरामीको सफल शल्यक्रिया गर्ने डा किरण शाक्य र बहिरङ्ग सेवामार्फत करिब १६ हजार बिरामीको स्वास्थ्य परीक्षण गर्ने डा इन्दुप्रसाद ढुङ्गेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

विसं २०३० चैत २६ गते स्थापित अस्पतालले हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखा परीक्षण र एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गत वर्ष सन् २०२३ मा एक लाख ५४ हजार चार सय ८० बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करिब ११ हजारको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । उक्त अस्पतालले सो अवधिमा एक सय वर्षमाथिका १५ जनालाई आँखा उपचार सेवा पु¥याइएको अध्यक्ष डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा लिनेमध्ये दुई जनाको शल्यक्रिया गरिएको थियो ।

उपचारमा आउने समग्रमध्ये ५२ प्रतिशत महिला छन् भने मोतियाबिन्दुका उपचार गर्न आउनमा महिलाको सङ्ख्या ५५ प्रतिशत छ । साथै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या तुलनात्मकरुपमा धेरै रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सयसम्म बिरामीले सेवा लिइरहेका छन् ।

अस्पतालले आगामी चार वर्षभित्रमा वार्षिकरुपमा दुई लाख ५० हजार बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यहाँ सेवा लिन आउनेमध्ये ९० प्रतिशत बिरामीलाई एकघण्टाभित्र उपचार सेवा उपलब्ध गराउँदै आइएको अध्यक्ष पोलरेलले बताउनुभयो ।

उक्त अस्पतालमा उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै काठमाडौँका ६२ प्रतिशत छन् भने अरु क्रमशः ललितपुर, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, दोलखासहित छिमेकी मुलुक भारतसम्मका छन् । अरु महिनाको तुलनामा वार्षिकरुपमा साउनमा उपचार गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक छ । अस्पतालले गत वर्ष मुलुकका विभिन्न स्थानमा १३ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालित गरी बिरामीलाई सेवा पु¥याएको थियो ।

नेपाल आँखा अस्पताले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र वृद्धाश्रममा पनि उपचार सेवा पु¥याउन महानगरसँग सहयकार्यका लागि प्रयास गरिरहेको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको अस्पतालले आँखाका बिरामी मात्र नभई विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको स्वास्थ्यसम्बन्धी दीगो लक्ष्यप्राप्तिमा समेत योगदान दिँदै आएको छ । अस्पताले वार्षिकोत्सवका अवसरमा २५ वर्षसम्म निरन्तर सेवा दिनुहुने पर्शुराम हुमागाईं र दानबहादुर महतोलाई दीर्घसेवा पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले नेपालको स्वास्थ्य सेवाभित्र आँखा अस्पतालमार्फत दीगो लक्ष्य प्राप्तिका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभयो ।

अस्पतालले मासिकरुपमा समग्र बिरामीको स्वास्थ्य परीक्षण, शल्यक्रिया र बहिरङ्ग सेवाका सम्बन्धमा गहन छलफल र मूल्याङ्कन गरी सेवालाई गुणस्तरीय, सहज र सरल बनाउने अभ्यास गरिरहेको पनि उहाँले बताउनुभयो । नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो ।

अस्पतालमा कर्निया, मोतियबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवासमेत उपलब्ध छन् । आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ । रासस

सोमबार, चैत २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.