• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १७ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १७ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १८ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • २० घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २१ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २२ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. खैरो हेरोइनसहित चार जना पक्राउ

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

  •  शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

काठमाडौँ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उहाँले वास्ता गर्नु भएन । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाड्नुभयो । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म नातिको सहारामा हिँडडुल गर्नुभयो ।

उहाँको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उहाँको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उहाँको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उहाँका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।

दुई दिनअघि नातिको सहारामा आँखा शिविर आउनुभएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने हुनुभएको छ । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उहाँले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गर्नुभयो । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उहाँमा खुसीको सीमा छैन । “अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उहाँले खुसी हुँदै भन्नुभयो । शल्यक्रियापछि पुनःसंसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिनुभयो ।

आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उहाँले धन्यवाद दिनुभयो । “मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपार्इँहरु सबै जना परमेश्वर हुनुहुन्छ”, सहरमानले भन्नुभयो ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताउनुभयो ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । रासस

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.