कावासोती । नवलपुर जिल्लाको कावासोतीमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोग एवं शंकर पोलिक्लिनिक प्रा.लि कावासोतीको आयोजनामा महिलाहरुका लागि एकदिने स्तन तथा पाठेघर जाँच सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको हो ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति क्यान्सर रोग विशेषज्ञ डा.सरिता रानाले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा ८१ जना महिला सहभागी भएका थिए। डा.रानाले स्तन क्यान्सर रोगबाट बच्न ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी दिनुभएको थियो ।
डा रानाले ४० वर्ष माथिका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिनुभएको थियो । उक्त क्यान्सर स्क्रिनिङ कार्यक्रममा महिलाहरुलाई जाँच गर्नुका साथै क्यान्सरबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा सचेतना कार्यक्रमपनि गरिएको थियो ।


