• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १३ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १८ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १८ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १८ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १८ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

वीर अस्पतालको अनुगमनमा जे देखियो…

  •  बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

काठमाडाैँ । चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दैहुनुहुन्थ्यो ।

“लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ ।” एक घण्टा जति लाइनमा बसेपनि उहाँले औषधि पाउनुभएन । उहाँ मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लाग्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो । अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उहाँ त्यहाँ पुग्नुभएको थियो । सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै हुनुहुन्थ्यो । मन्त्री यादवसामू धेरै सर्वसाधारणले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको गुनासो गर्नुभएको थियो ।

स्याङ्जाका चिन्तानारायण खनालले पनि मन्त्री सामू बीमाको भुक्तानी पाउन पाँच दिन लगातार धाएको सुनाउनुभयो । घन्टौँ लाइन बस्दा पनि अन्तिममा ‘सिस्टम’ बिग्रेको भन्दै घर पठाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नभयो, “प्रशासनमा गएर कराएपछि तुरुन्तै सिस्टम बन्यो र आज औषधि पाइयो, यो त हामीमाथि गरिएको ज्याजति भएन र ?” खनालले भन्नुभयो । अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी कुनै पनि छुट्टै डेस्क छैन । त्यसले गर्दा बिरामीले सहजै प्रक्रियामा आउन कठिन भएको सेवाग्राहीको भनाइ थियो ।

चिन्ता नारायणले ८४ वर्षको आमालाई उपचार गर्न अस्पताल ल्याउनुभएको थियो । स्वास्थ्य बीमाको भुक्तानी सहजै नहुँदा उहाँले वृद्ध आमा बोक्दै भौतारिनु परेको सुनाउनुभयो ।

अछामबाट उपचारका लागि वीर अस्पताल उपचार गर्न आउनुभएका भुवन सिंहले आफूले विहान आठ बजे टिकट लिए पनि दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गर्नुभयो । पालो कुर्दाकुर्दै दिन अस्पतालमै दिन बितेको उहाँले गुनासो गर्नुभयो ।

मन्त्री यादवसँग उहाँले प्रत्यक्ष गुनासो राख्नुभयो । मन्त्री यादवसँग कुरा राखेपछि उहाँले आठ घण्टापछि डाक्टरलाई भेट्न पाउनुभयो । मन्त्री यादवसँगै सेवाग्राहीको गुनासो सुनिरहनुभएका अस्पतालका उपकुलपति डा भुपेन्द्र बस्नेतले सेवाग्राहीका गुनासो सम्बोधनका लागि आफूहरु लागिपरेको बताउँदै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । “विदेशमा डाक्टर भेट्न महिनौ कुर्नुपर्छ, यहाँ आठ घन्टामै पाउनुभयो”, उहाँले भन्नुभयो । उपकुलपतिको जवाफ सुनेपछि मन्त्री यादवले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

त्यसपछि अनुगमन टोली आकस्मिक कक्ष पुग्यो । त्यहाँ एउटै शय्यामा दुई जना विरामीले उपचार लिइरहेको अवस्था थियो । सर्लाहीकी शोभा बुढाथोकीले रुँदै मन्त्री यादवसमक्ष गुनासो लिएर आउनुभयो । श्ययामा प्यारलाइसिस भएकी बिरामी दिदीलाई तुरुन्तै सघन उपचार कक्षको आवश्यकता परेकोले समस्या समाधान गरिन उहाँले अनुरोध गर्नुभयो । “आर्थिक स्थिति बलियो छैन, सर्लाहीबाट काठमाडौँ उपचार गर्न आएको आइसियु खाली छैन”, उहाँले भन्नभयो, “महँगो अस्पतालमा जाने अवस्था छैन ।”

अस्पतालको सघन उपचार कक्ष, अकस्मिक कक्ष, ओपिडीलगायत सबै क्षेत्रमा मन्त्रीले अनुगमन गर्दा स्थिति नाजुक देखियो । बिरामीको चाप बढ्दै गएपछि एउटा कक्षा सञ्चालन गर्ने कोठा खाली गराएर ओपिडी सञ्चालन गर्न लागिएको उपकुलपति डा बस्नेतले बताउनुभयो ।

आकस्मिक कक्षमा चार वटा सघन उपचार कक्ष छन् । नर्सिङ जनशक्ति नहुँदा सबै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य निमयअनुसार एउटा श्ययामा एक नर्स हुनुपर्ने हो । तर जनशक्तिको अभावले आकस्मिक कक्षभर दुई जना नर्सको भरमा धानिनुपरेको आकस्मिक कक्ष प्रमुख डा सुरेश नेपालले बताउनुभयो ।

उहाँका अनुसार वीर अस्पतालमा कम्तीमा १२ जना चिकित्सक हुनुपर्छ । यद्यपि हाल चार जना चिकित्सकले मात्रै सेवा दिइरहनुभएको छ । चार जना चिकित्सकले अस्पतालको आठ वटा विभाग हेर्नुपर्ने अर्को बाध्यता छ । त्यस्तै अस्पतालमा बिरामीको चाप बढेर दैनिक दुईदेखि तीन हजार पुगेको छ । जनशक्ति नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा पाउन सम्भव नभएको डा नेपालले बताउनुभयो ।

वीर अस्पतालको औषधि पसलमा सेवाग्राहीले घन्टौँ लाइन लागेर बस्नुपर्ने, स्वास्थ्य बीमामा तोकिएको औषधि नपाइनेजस्ता समस्या भोग्नुभएको बताउनुभयो । अनुगमनपछि भने उपकुलपतिले स्वास्थ्य बीमाको औषधि व्यवस्थापन छिट्टै हुने बताउनभुयो । अस्पतालका उपकुलपति बस्नेतले भने स्वास्थ्य बीमासम्बन्धी औषधि अभाव भएको स्वीकार गर्दै अबको दुई साताभित्र औषधिको पूर्ति गर्ने बताउनुभएको छ ।
—
Powered By Orson Infotech

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.