• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ३१ मिनेट 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १७ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १७ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १८ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १९ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २१ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २२ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लागूऔषधसहित पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

  •  बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।

आव २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । उहाँले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताउनुभयो । यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।”अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताउनुभयो । “विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ” उहाँले भन्नुभयो, “तर हामीकहाँ ४० बिरामी बराबर तीन नर्स कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।”

उहाँका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उहाँको भनाइ छ । “शिशु जन्माउने क्रममा अत्यधिक दुखाइ भयो भने शल्यक्रियाको सट्टा दुखाई कम गराउने सेवा दिन्छौँ” उहाँले भन्नुभयो, “यो सेवा दिनमा हामीले दुईदेखि तीन जनासम्मलाई मात्र दिनसक्छौँ ।”अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ । रासस

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.