• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ३ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ४ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ४ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ४ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ४ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ६ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ७ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १० घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

विचार: स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती

  •  आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

काठमाडौँ । जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् ।

हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका लागि जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराउँदा बिरामी वा बिरामीका आफन्तहरुबाट हिंसाको सिकार हुनु परेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको तीतो यथार्थ हो ।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसाको दर पेसा, समूह र मुलुकअनुसार कम्तीमा समग्रमा आठ प्रतिशतदेखि बढीमा ३८ प्रतिशतसम्म छ । यसमध्येमा स्वास्थ्यकर्मी माथिको अधिकांश हिंसा बिरामी र बिरामीको आफन्त वा कुरुवाबाट नै हुने गरेको छ । विश्वव्यापी रुपमा गरिएको अर्को एक अध्ययनअनुसार कुनै देशमा ६२ प्रतिशतसम्म स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा हिंसाको अनुभव गरेको कुरा उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा बढी गैरशारीरिक हिंसाको रुपमा ५८ प्रतिशतले मौखिक दुव्र्यवहार, ३३ प्रतिशतले धम्की र १२ प्रतिशतले यौन उत्पीडनसम्बन्धी हिंसा भोगेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ । यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ । सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका धेरै कारणहरू छन् । यसमध्ये प्रमुख कारण भनेको सेवाग्राही, बिरामी वा उनीहरुका आफन्तहरु स्वास्थ्य सेवाप्रति असन्तुष्ट हुनु हो । बिरामी वा उनीहरुका आफन्तहरूलाई कहिलेकाहीँ स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ भएको हुन सक्छ । त्यस्तै कुनै कारणबस स्वास्थ्यकर्मीबाट उपचारमा त्रुटि हुनसक्छ । यसैको कारण वा अन्य कुनै कारणले बिरामीको अप्रत्याशित मृत्युपछि बिरामी वा उनीहरुका आफन्तबीच आक्रोश उत्पन्न हुन्छ । फलस्वरूप यी घटनाहरुले वा प्रतिक्रियाहरुले हिंसाको रूप लिन सक्छ ।

यसैगरी, स्वास्थ्यकर्मीहरूमा उच्च कार्यभार, स्वास्थ्य संस्थाहरुमा अपर्याप्त स्रोतसाधन र बिरामीको चापका कारण पनि स्वास्थ्य संस्थाहरुमा तनाबको अवस्था सिर्जना हुन सक्छ । यसले हिंसात्मक घटनालाई बढावा दिन सक्छ ।

स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । हिंसाका कारण उनीहरूको कामप्रतिको लगाव घट्न सक्छ । यसको प्रत्यक्ष प्रभाव सेवाग्राही वा बिरामीको सेवाको गुणस्तरमा पुग्छ । साथै, स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाकै कारण स्वास्थ्यकर्मीहरूमा उच्च तनाब, डिप्रेशन र बर्नआउटको समस्या पनि देखिन सक्छ । यस्ता समस्याले स्वास्थ्यकर्मीहरुलाई नकारात्मक प्रभाव पार्ने नै भयो, त्यसको असरले हाम्रो समाज, स्वास्थ्य प्रणाली र बिरामीहरूमा समेत प्रतिकूल प्रभाव पर्न सक्छ ।

धेरैजसो स्वास्थ्यकर्मीहरूले हिंसाका घटनाहरूलाई सम्बन्धित निकाय र आफ्नै स्वास्थ्य संस्थामा समेत जानकारी गराउँदैनन् । यसका मुख्य कारणहरुमा आफूले हिंसा भोगेको अवस्थामा स्वास्थ्यकर्मीहरुमा आफ्नै स्वास्थ्य संस्थाको व्यवस्थापनले आवश्यक सहयोग गर्छ भन्ने आभास नमिलेको हुन सक्छ । त्यसैगरी, प्रहरी प्रशासन वा न्याय प्रणालीप्रति अविश्वास हुनु र उनीहरुलाई आफ्नै पेशागत प्रतिष्ठामा असर पर्न सक्ने डर हुनु अरु कारणहरु हुन् । यसका साथै कतिपय स्वास्थ्य संस्थाहरूले आफ्नो आन्तारिक सुरक्षा प्रणालीलाई भौतिक वा प्राविधिक रुपमा मजबुत बनाउन सकेका छैनन् । यिनै कारणहरुले गर्दा नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती थपिएको छ ।

नेपालमा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसासम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको छ । तरपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । स्वास्थ्य संस्थाहरुमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीउपर हुनुसक्ने आक्रमण रोक्न, स्वास्थ्य संस्थाको भौतिक सम्पत्तिको तोडफोड वा अन्य कुनै कार्य गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई हानिनोक्सानी पु¥याउने व्यक्तितलाई सजाय दिलाउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको सुरक्षासम्बन्धी ऐन, २०६६ ल्याइएको छ । तरपनि व्यवहारमा यो ऐन पर्याप्त रूपमा लागू भएको देखिँदैन ।

स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सम्बन्धित सबै सरकारी, स्वास्थ्य संस्था, नियमन निकाय र अन्य सबै पक्षहरु मिलेर बहुआयमिक रुपमा काम गर्नु आवश्यक देखिन्छ । यस मध्ये पहिलो र तत्काल गर्न सकिने काम भनेको हाल बिध्यमान नियम र कानूनको तत्काल अक्षरश कार्यान्वयन गर्ने हो । स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनेको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षले उचित ध्यान दिने हो भने यसलाई तत्काल कम गर्न सकिन्छ । यसका लागि स्थानीय प्रशासन, प्रहरी र स्वास्थ्य संस्थाबीच हातेमालो, समन्वय र सहयोगको आवश्यकता छ ।

स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रशिक्षण दिएर तथा उनीहरुमा जनचेतना अभिवृद्धि गरेर पनि स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सकिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरूलाई तना व्यवस्थापन, सञ्चार सीप र आत्मरक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्न सकिन्छ । साथै, बिरामी र उनीहरूको आफन्तहरूमा पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र सुविधा, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सेवाको प्रक्रियाबारे उचित जानकारी दिन सक्ने हो भने यो समस्या कम गर्न केही हदसम्म सहयोग पुग्छ ।
बिरामी र उनीहरुका आफन्तहरु आफैँ तनावमा हुन्छन् । आफैँ आर्थिक, मानसिक र स्वास्थ्य समस्याहरुसँग जुधेका हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरुले बिरामीसँग नम्र बोल्ने, साहनुभूतिपूर्वक शालीन व्यवहार देखाउने र बिरामीलाई पर्याप्त समय दिएर रोग, औषधि, उपचार, यसको प्रभाव आदिबारेमा सबै आवश्यक जानकारी दिने हो भने पनि बिरामी र स्वास्थ्यकर्मीहरुबीचको सम्बन्ध सुमधुर बनाउन सकिन्छ । यसले अवश्य पनि हिंसा रोक्न सहयोग गर्छ ।

नेपालका स्वास्थ्य संस्थाहरुमा सुरक्षा व्यवस्थाको सुदृढीकरण गर्नु जरुरी देखिन्छ । कतिपय केन्द्रीय र विशिष्ट प्रकारका सेवा उपलब्ध गराउने निजी एवं अन्य सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल प्रहरीले सुरक्षाकर्मी उपलब्ध गराए पनि स्वास्थ्यकर्मीहरु माथि कार्यस्थलमा हुने हिंसा रोक्न पर्याप्त छैन । त्यसैले हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूमा आफैँले पर्याप्त सुरक्षा कर्मचारीको व्यवस्था गर्नुपर्छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरू आधुनिक प्रविधिहरू जस्तै सिसिटिभी क्यामेरा र आपत्कालीन उद्धार प्रणाली वा आपत्कालीन प्रतिक्रिया प्रणालीको स्थापना गर्नु, त्यसको प्रभावकारी निरीक्षण, अनुगमन र कार्यान्वयन गराउनु पनि आवश्यक छ ।

स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसाको भौतिक, शारीरिक र मनोवैज्ञानिक पक्ष पनि छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूले हिंसाका घटनामा परेको स्वास्थ्यकर्मीलाई परामर्श र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउनुपर्छ ताकि उनीहरूले मानसिक रूपमा पुनःसक्रियता हासिल गर्नसक्ने बनुन् र पूर्णरुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ बनून् ।
यी सबै कुराहरुको साथसाथै नेपालमा स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसा कम गर्न नीतिगत सुधार पनि गर्नु जरुरी छ ।

स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि अहिले भएका नीति नियम र कानूनहरु परिमार्जन गर्दै थप कडा नियमहरु बनाउनु आवश्यक छ । यस्तो नयाँ नियममा हिंसामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रावधान राख्नु जरुरी छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ मा आवश्यक संशोधन गरी स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाई लागू गर्नुपर्छ ।

नेपालमा कार्यस्थलमा स्वास्थ्यकर्मीहरू माथि हुने हिंसा एक गम्भीर समस्या हो, जसले स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र गुणस्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ । यस समस्याको समाधानका लागि कानुनी, संस्थागत र मनोवैज्ञानिक पक्षमा तत्काल सुधार गर्नु आवश्यक छ । त्यसैगरी नेपालमा स्वास्थ्यकर्मीहरूविरुद्ध कार्यस्थलमा हुने हिंसा रोक्नका लागि सबै सरोकारवालाहरूले मिलेर काम गर्नु पर्ने देखिन्छ । स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान नदिए स्वास्थ्य सेवा प्रणालीलाई स्थायित्व दिन, स्वास्थ्यकर्मीहरुको मनोबल उठाउन र समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न कठिन हुनेछ । (बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहनुभएका लेखक स्वास्थ्य सेवा व्यवस्थापनको प्राध्यापक पनि हुनुहुन्छ)। रासस

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.