• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

  •  बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।

प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उहाँले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गर्नुभयो ।

जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । अभियानमा गण्डकी प्रदेशका पाँच लाख ६० हजार बालबालिकालाई खोप दिइने प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा श्रीराम तिवारीले बताउनुभयो । उहाँका अनुसार आज शुभारम्भका दिन अमरसिँह माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप दिइने र भोलिदेखि प्रदेशका सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उहाँले भन्नुभयो, “प्रदेशका ११ वटै जिल्लामा तोकिएका खोप केन्द्रमा खोप, भ्याक्सिनेटर र आवश्यक जनशक्ति पु¥याइसकेका छौँ । भोलिदेखि सबै जिल्लाका खोप केन्द्रमा खोप लगाउन सुरु हुन्छ ।” खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र तोकिएको र विद्यालय नजानेहरुका लागि वडा कार्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको डा तिवारीको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले निर्धारित समयभित्रमा लक्षित समूहलाई खोप लगाइ सकेर अभियान पूर्ण सफल हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण सफल बनाउनका लागि कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “ सरकारले कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रुपमा सफल हुन्छ ।”

छोटो समयमा निःशुल्क रगत दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याएकोमा स्वास्थ्य मन्त्रालयलाई धन्यवादसमेत उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्री मधु अधिकारीले प्रदेशमा खोप अभियानलाई पूर्ण रुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक सबै सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टाइफाइडविरुद्धको खोप एक भायलमा पाँच मात्रा रहेको, रङ्गविहीन तयारी झोलका रुपमा रहेको र एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइड खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बताइन्छ ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा भने प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रति एक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।

टाइफाइड सबै उमेर समूहमा हुनसक्ने भए पनि १५ वर्षमुनिका बालबालिकामा अन्य उमेर समूहमा भन्दा ११ गुणा बढी सङ्क्रमणको जोखिम रहने र यस रोगको खोप सुरु भएपछि रोगबाट हुने सङ्क्रमणमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.