• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २० घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २० घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २० घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

स्वास्थ्यमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

  •  शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्र ः वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिएपनि नसकिएको बताउनुभयो । “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौँ”, उहाँले भन्नुभयो, “तर अहिले व्यवहारतः कार्यान्वयन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।”
उहाँले राज्यबाट सञ्चालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाई जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य र शिक्षालाई मुनाफारहित बनाउनुपर्ने भन्दै निजी क्षेत्रको स्वास्थ्य सेवालाई कडाइका साथ अनुगमन गर्नुपर्ने बताउनुभयो । “स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुँदैन”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई खुला छाड्नुहुँदैन । कडाइका साथ अनुगमन गर्नुपर्दछ ।” एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आवमा स्वास्थ्य क्षेत्रमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनतर्फ जानुपर्ने बताउनुभयो । “अन्य ठाउँको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रको बजेट बढाउनु पर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको बजेट बढाएर निःशुल्क सेवा उपलब्ध गराउनुपर्दछ ।” महामन्त्री थापाले एक संस्था एक चिकित्सको अवधारणा लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पैसाका कारणले उपचारबाट वञ्चित नगरेको बताउनुभयो । “आकस्मिक सेवा कक्षमा आएका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “संविधानअनुसार हामी निःशुल्क स्वास्थ्य सेवातर्फ गइरहेका छौँ ।” उहाँले अन्तर मन्त्रालय समन्वय हुन नसक्दा स्वास्थ्य सेवा पनि प्रभावित भइरहेको बताउनुभयो । उहाँले कोभिड–१९ को बेला स्थानीय तह र प्रदेश तहले राम्रो काम गरेको उल्लेख गर्दै तर सामान्य अवस्थामा भने कोरोना महामारी जस्तो काम नगरेको बताउनुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालले अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाई स्वास्थ्य सेवा गुणस्तर दिनुपर्ने बताउनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीले गुणस्तर स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो । आयोगका सदस्य डा उमाशङ्कर प्रसादले नेपालमा उपचार हुने रोग नेपालमा नै उपचार गर्न सके विदेश जाने पैसा रोक्न सकिने बताउनुभयो । “नेपालमा उपचार हुने रोग नेपालमा नै उपचार गर्न सकिन्छ कि सकिँदैन त्यसको लागि अलग्गै बोर्डको गठन गरौँ”, उहाँले भन्नुभयो, “बोर्डको सिफारिसको आधारमा मात्र विदेशमा उपचार गर्ने व्यवस्थापन गर्न सके अर्बोैं बाहिरिने पैसा जोगाउन सकिन्छ ।” उहाँले स्वास्थ्यको बजेट स्थानीय तह र प्रदेश तहमा बढाउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अहिले नसर्ने रोगहरुको कारणले जोखिम बढिरहेको बताउनुभयो । “पहिले श्वासप्रश्वास, क्षयरोग, टाइफाइड, कुष्ठरोग जस्ता रोगहरुको जोखिम रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगहरुको जोखिम बढेको छ ।”
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले संविधानअनुसार नागरिकले निःशुल्क स्वास्थ्य सेवा नपाएको बताउनुभयो । उहाँले स्वास्थ्यमा निजी क्षेत्रले व्यापार गरिहको बताउनुभयो । नेपाल मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतोले सरकारले ट्रस्टका रूपमा निजी अस्पताललाई लैजाने भए आफूले दिन तयार रहेको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्यलाई अन्तर्राष्ट्रिय ‘हव’का रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

संवैधानिक प्रावधानअनुसार निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँच, स्वास्थ्य सेवा प्रवाहको सुदृढीकरणमा निजी क्षेत्र तथा नागरिक समाजको भूमिका, स्वास्थ्य तथा पोषणको क्षेत्रमा बहुपक्षीय सङ्लग्नताको अवधारणाको सुदृढीकरण र स्वास्थ्य क्षेत्रमा योजना तर्जुमा, व्यवस्था र राजनीतिक प्रतिबद्धतालगायत विषयमा सामूहिक छलफल भएको थियो ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.