• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ४८ मिनेट 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ५ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ८ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ८ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

विचार : क्यान्सर रोकथामका लागि एचपिभी खोप अभियान

  •  आइतबार, माघ २७, २०८१ मा प्रकाशित

काठमाडौँ । आउँदा दिनहरुमा सन्दर्भ फेरिएला तर वर्तमानमा भने पाठेघरको मुखको क्यान्सर अर्थात सर्भिकल क्यान्सर नेपालमा जनस्वास्थ्य समस्याको रुपमा पहिचान भएको छ । नेपाली महिलालाई हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सर भएर मृत्यु हुनेको सङ्ख्यालाई केलाउँदा भने सर्वाधिक बढी मृत्यु हुने यो खालको क्यान्सर रहेको छ । यो रोग ह्युमन प्यापिलोमाभाइरस (एचपिभी) को सङ्क्रमणका कारणले हुन्छ । यो भाइरस मानव शरीरमा २० वर्षको अवधिसम्म रह्यो भने क्यान्सर हुने बताइएको छ ।

सन् २०२२ मात्र एक वर्षमा नेपालमा २१६९ जनालाई एचपिभी सङ्क्रमण भएको र तीमध्ये १३१३ को क्यान्सरको कारण मृत्यु भएको अभिलेखले देखाएको छ । यही प्रवृत्ति कायम रहँदा पनि दैनिक ६ जना महिलालाई पाठेघरको क्यान्सर हुने र चार महिलाको ज्यान जाने देखिन्छ, जुन काम भयाभह अवस्था हैन । यस सन्दर्भमा अमूल्य मानव जीवनलाई जोगाइराख्नका लागि खोपको खोजी हुनु, सफल परीक्षण हुनु र आमरुपमा प्रयोगमा ल्याइनुलाई असल संयोग मान्नुपर्दछ ।

एचपिभी खोप कस्तो खोप हो ?

एचपिभी खोप भनेको पाठेघरको मुखको क्यान्सर गराउने सङ्क्रमणविरुद्ध दिइने खोप हो । भाइरस विभिन्न माध्यमबाट सर्ने भए तापनि रोगको हिसाबले क्यान्सर नसर्ने रोग हो । महिलाको ज्यानै जाने खतरनाक खालको क्यान्सरका रुपमा पाठेघरको मुखको क्यान्सरलाई मानिएको छ । साविकमा सर्ने रोगमा मात्र खोप केन्द्रित भएकोमा हाल आएर प्रमुख स्वास्थ्य जोखिमका रुपमा देखापरेको पाठेघरको मुखको क्यान्सरको कारक भाइरसविरुद्ध खोपबाट रोकथाम गर्न खोजिएको हो । अष्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसनले सन् २०१३ मा एक डोज भएको एचपिभी खोप सिफारिस गरेपछि एकल डोज खोप प्रयोगमा आएको छ । अरु खोप जस्तै यो खोपले पनि सङ्क्रमणसँग प्रतिरक्षा प्रणालीद्वारा लड्न सहयोग गर्दछ । कथं कदाचित पूरै रोक्न नसकेपनि रोगको गम्भीरतालाई घटाउँछ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २००६ मा प्रमाणित गरी प्रयोगमा आउन सुरुभएको एचपिभी खोप हाल एक सय ४५ भन्दा बढी देशमा प्रयोगमा आएको छ ।

विगतमा नेपालमा समेत परीक्षण गरी सफल भएको आधारमा दिन थालिएको यो खोप सुरक्षित छ, प्रयोगकर्तालाई निःशुल्करुपमा उपलव्ध हुन्छ र जीवनरक्षा गर्दछ । यो वर्ष पहिलो वर्ष पनि भएको र १० देखि १४ वर्षसम्मका किशोरीलाई समेट्ने भएको हुँदा नेपालभर १६ लाख ८८ हजार सात सय ६८ जनाले खोप लगाउने अनुमान छ । नेपालमा यो खोपलाई भित्र्याउनका लागि आर्थिक सहयोग गर्ने गाभीलगायतका संस्थाको सहयोगलाई सरहाना गरिनुपर्दछ किनकी नेपाली महिलाले भोग्दै आएको समस्याका लागि ढिलै भए पनि रोकथामको यो बाटो सम्भव भयो ।

खोप अभियानको व्यवस्थापन

वास्तवमा एचपिभी खोप अभियानमा सङ्घ, प्रदेश र स्थानीय तह तीनवटै तहका सरकारको सक्रिय सहभागिता रहने देखिन्छ । केन्द्रमा राष्ट्रिय खोप सल्लाहकार समिति रहेजस्तै प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिका अध्यक्षको संयोजकत्वमा जिल्ला खोप समन्वय समिति रहने व्यवस्था छ, जसले खोप अभियानलाई सफल बनाउनका लागि समन्वय र सहजीकरण गर्ने गर्दछ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप पहिलोपटक २०८१ माघ २२ देखि फागुन ६ सम्म राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यो खोप लगाउने कार्य अभियानकै रुपमा देशभर सञ्चालन भइरेको छ । यो वर्ष खोप दिइने १० देखि १४ वर्ष उमेरका बालिका तथा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा रहने हुँदा मूलतः खोप अभियान विद्यालय केन्द्रित हुने अनुमान लगाउन सकिन्छ । नेपालमा यो वर्ष सिकोलिन नाम गरेको खोप दिँइदैछ । यो खोप बाँया पाखुराको मासुभित्र दिइन्छ । मुख्यगरी दुई अवस्थामा यो खोप नलगाउन भनिएको छ । पहिलो भनेको गर्भवती भएमा वा हुने सम्भावना छ भने र दोस्रो पहिलो खोप लगाएपछि एनाफाइलेक्सिस नामक एलर्जी देखापरेको छ भने त्यस्तो व्यक्तिलाई पुनः खोप दिनुहुँदैन ।

जिल्लामा रहेका स्थानीय तहको सङ्ख्या, भौगोलिक वितरणको अवस्था तथा सूचीकृत भएका बालिकाको सङ्ख्याअनुसार अभियान सञ्चालन हुने अवधि कम वा बढी हुन सक्छ । जस्तो कि बागलुङ जिल्लामा एचपिभी खोप यही माघ २२ देखि फागुन ३ सम्म सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको छ । माघ २२ देखि २८ सम्म बागलुङ नगरपालिका, जैमिनी, वरेङ, गलकोट र ताराखोलामा लगाइँदैछ भने बाँकी स्थानीय तह ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा भने माघ २९ देखि फागुन ३ सम्म सञ्चालन हुने गरी तय भएको छ । खोप अभियान नेपालका सबै जिल्लामा २०८१ माघ २२ विश्व क्यान्सर दिवसको दिनबाट सुरु भइसकेको छ,भने खोप लगाउन बालिकाको उत्साहजनक उपस्थिति रहँदै आएको मिडियाहरुले जनाएका छन् ।

रोकथामका लागि खोप अभियान

पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि विश्व स्वास्थ्य सङ्गठनले तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण भएको अवस्था छ । पहिलो भनेको रोग लाग्ने अवस्था नै आउन नदिन प्रारम्भिक किशोरावस्था अर्थात १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर सिर्जना गर्ने एचपिभीविरुद्धको खोप दिनु हो भने दोस्रो भनेको ३० वर्षभन्दा माथिको उमेरका महिलालाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्नु हो जसमा उच्च गुणस्तरीय विधिबाट पाठेघरको मुखको परीक्षण गरी क्यान्सर भएनभएको पत्ता लगाउनु हो अर्थात निदान गर्नु हो भने तेस्रो भनेको यसरी पाठेघरको मुखको क्यान्सर निदान भएका व्यक्तिको उपचार गर्नु हो ।

उल्लेखित तीन सेवामध्ये दोस्रो र तेस्रो सेवा नेपालमा विगतदेखि नै उपलब्ध हुँदै आएको थियो भने यो वर्षदेखि पहिलो अर्थात खोप अभियानमा एचपिभीविरुद्धको खोपलाई समावेश गरी अभियान सञ्चालन प्रारम्भ भइसकेको छ । प्रत्येक सेवामा उपलब्धि न्यूनतम् ९० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको पनि छ । खोप अभियानमा एचपिभीविरुद्धको खोप समावेश गर्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समेटिएको थियो ।

एचपिभी खोप यो वर्ष १० वर्षदेखि १४ वर्षसम्मका किशोरकिशोरी विद्यालयमा भए विद्यालयमै गएर र विद्यालयबाहिर भए पायकपर्ने खोप केन्द्रमार्फत यो खोप दिइँदैछ । यो वर्ष सबै किशोरीलाई लक्षित गरी खोप दिने र आगामी वर्षदेखि भने १० पूरा गरेका किशोरीलाई मात्र लक्षित गर्ने गरी खोप कार्यक्रम निर्धारण भएको छ । एकपटक लगाए हुने र एउटा खोपमा ०.५ मिलि बराबरको एक भायल मात्राका रुपमा हुने बताइएको छ ।

खोप अभियानलाई प्रभावकारी कसरी बनाउने ?

देशकै समस्याका रुपमा बढिरहेको रोगको सिर्जना गर्ने भाइरसकाविरुद्ध दिने भएको हुँदा यो खोप अभियान जनताप्रति सरकारको संवेदनशीलता र जवाफदेहिताको एउटा उदाहरण पनि हो । अवस्य पनि यो सबैको सहयोगमा सम्पन्न गर्ने अभियान हो । खासगरी जोखिम समूहमापर्ने सबै किशोरीका लागि यो अवसर पनि हो । सबैलाई खोपको दायरामा ल्याउनका लागि यो खोप सम्बन्धमा रहेका र रहन सक्ने भ्रम निवारण गर्न सक्नुपर्दछ ।

स्वास्थ्यकर्मी, शिक्षकशिक्षिका, सञ्चारकर्मीले यसका विभिन्न पक्षमा समाज परिवार र व्यक्तिको तहसम्म जानकारी उपलव्ध गराउन अगुवाइ गर्नुपर्ने हुन्छ । विभिन्न खाले मिडियाबाट प्रतिष्ठित चिकित्सकले एचपिभी खोप सम्बन्धमा सत्यतथ्य जानकारी गराउनु उपयुक्त हुन्छ । जिम्मेवारीमा रहेका व्यक्ति नै खोप केन्द्रमा पुग्नु र कोही छुटेनछटेको सम्बन्धमा फिल्डमा खटिएका व्यक्तिबाट विवरण माग गर्नु पनि यसप्रतिको चासोको प्रमाण हुनसक्छ ।

पहिलो पटक सञ्चालन हुन लागेको एचपिभी खोप अभियानलाई व्यवस्थित र संस्थागत रुप दिनका लागि एचपिभी खोप सेवा सञ्चालन निर्देशिका २०८१ समेत प्रयोगमा ल्याइएको छ ।

त्यसैगरी खोप अभियान सम्बन्धमा केही जिज्ञासा भए सोध्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन “हेल्लो स्वास्थ्य” को सम्पर्क नम्बर १११५ मा फोन गर्न वा नजिकको स्वास्थ्य संस्थामासमेत सम्पर्क राख्न सकिने देखिन्छ । सुरुमा नामावली सङ्कलनदेखि खोप लगाइसकेपछिको अवस्थामा अनपेक्षित घटना भइहाल्यो भने सम्बोधनका लागि बालिका स्वयम्, अभिभावक र खासगरी स्वास्थ्यकर्मी निकै चनाखो हुनु जरुरी हुन्छ ।

एचपिभी खोप महिलासँग सरोकार राख्ने भएकोले यो खोप अभियानका बखत महिला स्वास्थ्यका अन्य आयामलाई समेत आवद्ध गर्ने सम्भावना रहन्छ । जस्तो कि किशोरावस्थाका बालिकामा महिनाबारी सम्बन्धमा अन्योल हुनसक्ने, कौतुहलताका साथै यौनलाई हामीकहाँ आवश्यक भन्दा पनि बढी लज्जाको विषय पनि बनाइएको सन्दर्भमा एचपिभी खोप अभियानकै क्रममा पनि महिनावारी स्वास्थ्य र सरसफाइका लागि सचेतना समेत सम्भव हुन्छ ।

महत्वपूर्ण कुरा त महिनाबारी भएको अवधिमा समेत यो खोप लगाउन सकिने भनिएको छ । त्यस्तै प्रजनन अङ्गको सरसफाइ, स्यानिटरी प्याड तथा सुतिको कपडाको के कसरी प्रयोग गर्ने भन्ने विधि, महिनावारी भएको अवधिमा सम्भव हुने शारीरिक अभ्यासको जानकारी, प्रयोग गरिसकेका प्याड तथा कपडाको उचित विसर्जनको तरिका सम्बन्धमा व्यक्तिलाई विभिन्न प्रचार सामग्रीमार्फत र खोप लिइसकेपछिको उपलब्ध समयमा सामूहिकरुपमा जानकारी गराउँदा पनि प्रभावकारी हुने देखिन्छ
।
निष्कर्ष

एचपिभी खोप लैङ्गिकरुपमा संवदेनशील र पहिलो प्राथमिकतायुक्त कार्यक्रम मात्र होइन कि हामी सबैको साझा अभियान पनि हो । नेपालमा पहिलोपटक २०८१ माघ २२ देखि फागुनको पहिलो हप्तासम्म यो खोप अभियानकै रुपमा सञ्चालनमा रहेको छ । पाठेघरको क्यान्सर गराउने भाइरसको दुई प्रजाति जसले उक्त क्यान्सर गराउन ९८ प्रतिशत भूमिका खेल्दछ ।

ती प्रजातिलाई लक्षित गरेर सिकोलिन नामक भ्याक्सिन प्रारम्भिक किशोरावस्थाका बालिकालाई दिँइदैछ । रोग लागेपछि निदान र उपचारका लागि भौतारिनुभन्दा पनि रोग नै लाग्न नदिन यो उपाय प्रभावकारी रहने नै छ । खोपका सम्बन्धमा केही अन्योल वा भ्रम छ भने त्यसलाई चिर्दै खोप कार्यक्रमका अलावा द्रुत अनुगमनलाई समेत प्रभावकारी बनाउनु आवश्यक छ । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्या नरहने हदसम्ममा निवारण गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट ऐक्यबद्धता जनाऔँ । एचपिभी खोप अभियान सफल पारौँ । रासस

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.