• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ घण्टा 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • ४ घण्टा 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • ४ घण्टा 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

  •  बुधबार, चैत १३, २०८१ मा प्रकाशित

सियोल दक्षिण । कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।

अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पु¥याएको बताउनुभयो ।

“क्षतिहरू बढ्दै छन्”, हानले भन्नुभयो, “हामीसँग यस्ता डढेलोका क्षतिहरू हुन सक्छन् जुन हामीले पहिले कहिल्यै अनुभव गरेका छैनौँ, त्यसैले हामीले यो हप्ताको बाँकी समयमा सबै डढेलोलाई निभाउन हाम्रा सबै क्षमताहरू केन्द्रित गर्नुपर्छ ।”

हानले रातभरको तीव्र हावाले क्षेत्रहरूमा डढेलो निभाउन कर्मचारीहरूले कठिनाई भोगिरहेको बताउनुभयो । उहाँले करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब एक सय ३० हेलिकप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको बताउनुभयो । उहाँले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताउनुभयो ।

पर्यवेक्षकहरूका अनुसार जारी डढेलो दक्षिण कोरियामा जमिन जलेको सन्दर्भमा तेस्रो ठूलो हो ।

अग्नि नियन्त्रकहरूले सुक्खा बतासका कारण आगलागी नियन्त्रण गर्न सङ्घर्ष गरिरहेकाले धेरै दक्षिणपूर्वी सहर र सहरका अधिकारीहरूले मङ्गलबार बासिन्दाहरूलाई खाली गर्न आदेश दिएका थिए । दक्षिण कोरियाको गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, छिमेकी र उइसेङ र सान्चेओङ काउन्टी तथा उल्सान सहरमा भएको थियो ।

यसअघि मङ्गलबार अधिकारीहरूले ती क्षेत्रमा सबैभन्दा ठूलो डढेलोमध्ये अधिकांश निभाएको तर हावा र सुक्खा अवस्थाले आगो फेरि फैलिएको बताएका थिए । तर हावा बढेपछि आगो निभाउने प्रयासहरू रातारात आंशिक रूपमा स्थगित गरियो ।

उइसेङमा आगलागीले गाउन्सा मन्दिरका ३० भन्दा बढी संरचनामध्ये करिब आधा नष्ट गरेको छ । यी संरचना मूल रूपमा सातौँ शताब्दीमा निर्माण गरिएको थियो । नष्ट भएका संरचनामध्ये दुई राज्य–निर्दिष्ट ‘खजाना’ –सन् १६६८ मा बनेको खोलामा बनाइएको मण्डप–आकारको संरचना र सन् १९०४ मा राजाको दीर्घायुको अभिव्यक्तिका लागि निर्माण गरिएको जोसेओन राजवंशको संरचना थिए ।

सरकारी र बौद्ध अधिकारीहरूका अनुसार मन्दिरको अर्को राज्य–निर्दिष्ट ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको थियो ।

कोरिया वन सेवाले मङ्गलबार राष्ट्रव्यापी रूपमा डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ । यसले स्थानीय सरकारहरूलाई आपत्कालीन प्रतिक्रियामा थप कामदारहरू नियुक्त गर्न, वन र पार्कहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा गर्न र सैन्य एकाइहरूलाई प्रत्यक्ष–आगो अभ्यास रोक्न सिफारिस गर्न आवश्यक परेको छ ।

अधिकारीहरूका अनुसार मृतक १८ जना मध्ये चार जना अग्नि नियन्त्रक र सरकारी कर्मचारी छन् । उनीहरू शनिबार सान्चेओङमा तीव्र हावाले गर्दा आगोको ज्वालामा फसेपछि मारिएका थिए ।

सरकारी अधिकारीहरूले मानवीय त्रुटि सम्भवतः पारिवारिक चिहानहरूमा बढेको घाँस वा वेल्डिङको कामबाट स्पार्कहरू सफा गर्दा आगोको प्रयोगका कारण धेरै आगलागी निम्त्याएको आशङ्का गर्छन् । रासस

बुधबार, चैत १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

नुवाकोटमा हैजाविरुद्धको खोप

ताजा

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.