• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • ७ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • ८ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • ८ घण्टा 

दाङमा रगत अभाव
  • १० घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १३ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १३ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह

  •  बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।

उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराउनुभएको हो ।

उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल गरेको थियो । सो छलफलमा सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र तथा चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उक्त व्यवस्था आगामी साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका कानुन शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले निर्देशिकामा भएको व्यवस्थाबाट आफूहरू पछि नहट्ने जानकारी दिनुभयो । “सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र राख्नाले सुर्तीजन्य सेवन गर्नेलाई निरुत्साहित गर्न व्यापक छलफलपछि निर्देशिका बनाइएको हो”, उहाँले भन्नुभयो, “निर्देशिकामा भएको व्यवस्थालाई उद्योग मन्त्रालयलाई पुनरावलोकन गर्न भनेको छ, हामी निर्देशिकामा भएको व्यवस्थाअनुसार साउनदेखि सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक रङ्गिन चित्र राख्ने व्यवस्था कार्यान्वयन गराउँछौँ ।”

निर्देशिकामा चुरोट, खैनी, बिडी र गुट्खाको बट्टा, प्याकेट तथा र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्युजस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कम तौल भएको, अपाङ्ता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र, मुखको क्यान्सरको अङ्कित चित्र, ह्दयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ ।

यस्तै चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये २० प्रतिशत भागमा सूर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुमपानले ज्यान लिन्छ, सुर्तीजन्य पदार्थको सेवनले मुख तथा घाँटीका क्यान्सर हुन्छ र चुरोट तथा खैनी सुर्ती सेवन छाडौँ भन्ने राख्नुपर्ने उल्लेख छ ।

यसैगरी खैनी, सुर्ती र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्समा अगाडि तथा पछाडिको ६० प्रतिशत भागमा मुखको क्यान्सर अङ्कित चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०–२० प्रतिशतका दुईवटा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्देशिकामा भनिएको छ ।

यस्तै निर्देशिकाअनुसार बिडीको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कमतौल भएको, अपाङ्गता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र राख्न भनिएको छ । यस्तै बिडीको बट्टा, प्याकेट र र्यापर्सको २० प्रतिशत भागमा चेतनामूलक सन्देश राख्नुपर्ने हुन्छ ।

यस्तै निर्देशिकामा सुर्तीजन्य पदार्थको पेटी, पार्सल, प्याकेजिङमा छापिने सन्देश पनि पाँचवटा घातक रङ्गिन चित्र ८० प्रतिशतमा र चेतनामूलक सन्देश २० प्रतिशतमा छाप्नुुपर्ने उल्लेख गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो ।

नेपालले ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्याउँदा ब्लुमबर्ग अवार्डसमेत प्राप्त गरेको थियो । उहाँले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चेतनामूलक चित्र तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुट्खा खान डराउने भएकाले बिक्री पनि कम हुने बताउनुभयो । “चुरोट, खैनी, गुट्खामा भएको घातक चित्रले सेवनकर्ता डराउने र विस्तारै सेवन गर्न छाड्ने छन््”, उहाँले भन्नुभयो, “नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामूलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको छ ।”

निर्देशिकामा घातक चित्रका रङ पनि नराम्रो खालको मान्छले मन नपराउने राख्न भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती, चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने बताउनुभयो । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाइएको छ ।

अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायत स्वास्थ्य जोखिम बढाउँछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छभने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । रासस

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.