• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १५ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २१ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २१ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २१ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा

  •  मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

काठमाडौँ, : सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ ।

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

“अहिलेसम्म कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्”, उहाँले भन्नुभयो । यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । प्रदेश नं १ मा ७९.२, मधेस प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका, सोलुखुम्बको खम्बु पासाङ नगरपालिका, महाकुलुङ गाउँपालिका, सोटाङ गाउँपालिका र लिखुपिके गाउँपालिका सतप्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र खिजिडेम्बा गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका र भोजपुर नगरपालिका, झापाको बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका, मोरङको सुन्दरहरैचा र पथरी शनिश्चरे नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिका पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यस्तै मधेस प्रदेशमा सप्तरीको राजविराज नगरपालिका र हनुमाननगर गाउँपालिका, धनुषाको लक्ष्यमिनिया गाउँपालिका र जनकपुर उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको हरिवन, बागमती, गोडैता नगरपालिका र कौडेना गाउँपालिका तथा बाराको महागढीमाई नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको दाहालले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा दोलखाको कालीञ्चोक र बिगु गाउँपालिका, रसुवाको पार्वतीकुण्ड गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, काठमाडौँको गोकर्णेश्वर, कागेश्वरी मनहरा, तारकेश्वर, नागार्जुन, काठामाडौँ महानगर, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सतप्रतिशतलाई खोप लगाइएको छ । भक्तपुरको चाँगुनारायण, भक्तपुर र मध्यपुरठिमी नगरपालिका तथा ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका, रामेछापको मन्थली नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका, गण्डकी प्रदेशका गोरखाको धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिका, मनाङको चामे र नसोङ गाउँपालिका, मुस्ताङको डालोमे, गारपारजोङ, लोमाथाङ र तासाङ गाउँपालिका, म्याग्दीको अन्नपूर्ण र बेनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र माडी गाउँपालिका, लमजुङको डोद्री गाउँपालिका र बेँसीसहर नगरपालिका तथा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा पनि खोपको पूर्ण मात्रा सतप्रतिशतलाई लगाइएको छ ।

यसैगरी नवलपरासी पूर्वको गैँडाकोट, देवचुली र कावासोती नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, भिरकोट नगरपालिका र बालिङ नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, लुम्बिनी प्रदेशमा गुल्मीको गुल्मी दरबार गाउँपालिका, पाल्पाको रामपुर र तानसेन नगरपालिका, पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा र सिद्धार्थ नगरपालिकाका सबैले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिका, दाङको लमही नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बूढीगङ्गा नगरपालिका र बैतडीको पाटन नगरपालिकामा पनि १२ वर्षभन्दा माथिका सबैले खोपको पूर्ण मात्रा लगाइसकेको खोप शाखा प्रमुख दाहालले जानकारी दिनुभयो । (रासस)

मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.