• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १८ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १८ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

पाकिस्तानमा बढ्दो मलेरियाको कारण जलवायु परिवर्तन

  •  आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित

इस्लामाबाद । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाका मामिलाहरूमा तीव्र वृद्धिबारे चेतावनी दिएको डन समाचारले बताएको छ । उनीहरूले मलेरियाको यो वृद्धिलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको प्रभावसँग जोडेका छन् ।

वार्षिक २० लाखभन्दा बढी सङ्क्रमित दर्ता भएपछि अधिकारीहरूले पाकिस्तान र व्यापक क्षेत्रका लागि बढ्दो खतरालाई नियन्त्रण गर्न तत्काल कडा कारबाही आवश्यक रहेको चेतावनी दिएका छन् ।

विश्व मलेरिया दिवसको अवसरमा जारी गरिएको यो चेतावनीमा डब्लुएचओ र पाकिस्तानी अधिकारीहरू दुवैले रोगसँग लड्न सामूहिक प्रयासको आह्वान गरेका छन् ।

“मलेरिया एक प्रमुख विश्वव्यापी खतरा हो र हामी प्रत्यक्ष रूपमा देखिरहेका छौँ कि जलवायु परिवर्तनले हाम्रो देशमा जोखिम र मामिलाहरू दुवै बढाइरहेको छ”, सङ्घीय स्वास्थ्यमन्त्री सैयद मुस्तफा कमलले भन्नुभयो ।

उहाँले मलेरियालाई अन्त्य गर्नु स्वास्थ्य प्राथमिकता मात्र नभई सबै देशका लागि सुरक्षित, स्वस्थ र अधिक समतामूलक भविष्यमा एउटा लगानी पनि भएको जोड दिनुभयो ।

‘पुनः लगानी, पुनः कल्पना, पुनः प्रज्वलन’ भन्ने अन्तर्राष्ट्रिय विषयवस्तुअन्तर्गत डब्लुएचओले सरकारहरू, सङ्गठनहरू र समुदायहरूलाई मलेरिया उन्मूलन प्रयासहरूका लागि समर्थन बढाउन आग्रह गरेको छ ।

पाकिस्तानको मलेरियाविरुद्धको लडाइँ सन् २०२२ को विनाशकारी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको थियो । उक्त बाढीले सन् २०२२–२०२४ अवधिमा थप ६६ लाख मामिला निम्त्याएको डनले बताएको छ ।

सन् २०२१ मा रिपोर्ट गरिएको तीन लाख ९९ हजार ९७ को तुलनामा मामिलाहरू सन् २०२३ मा २७ लाखमा पुगेको थियो । परिणामस्वरूप डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रमा मलेरियाका मामिलाहरू सन् २०२३ मा अनुमानित एक करोड दुई लाखमा वृद्धि भएको थियो । यो सन् २०१५ देखि एक सय ३७ प्रतिशत वृद्धि हो ।

बढ्दो वृद्धिका बावजुद पाकिस्तानले विगत एक दशकमा मलेरियाको रोकथाम र उपचारमा उल्लेखनीय प्रगति गरेको छ ।

डब्लुएचओसँग काम गर्दै र एड्स, क्षयरोग र मलेरियाविरुद्ध लड्न ग्लोबल कोषको सहयोगमा पाकिस्तानले सन् २०२४ मा मात्र एक करोड १४ लाखभन्दा बढी संदिग्ध मामिला जाँच गरेको छ र २० लाख पुष्टि भएका मलेरियाका बिरामीहरूको उपचार गरेको छ ।

पाकिस्तानले २२ उच्च–भारित जिल्लामा ७८ लाख कीटनाशक–उपचारित जालीहरू पनि वितरण गरेको छ । यसले सन् २०२३ मा २७ लाखबाट गत वर्ष २० लाखमा मामिलाहरू घट्नमा योगदान पुर्‍याएको थियो ।

“मलेरियाको रोकथाम र उपचार गरेर जीवन बचाउन पाकिस्तानसँग साझेदारी गर्न पाउँदा डब्लुएचओ गर्व गर्दछ”, पाकिस्तानमा डब्लुएचओका प्रतिनिधि डापेङ लुओले भन्नुभयो ।

यद्यपि उहाँले जलवायु परिवर्तनले कडा परिश्रमबाट प्राप्त लाभलाई कमजोर बनाउँदै पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि खतरा निम्त्याइरहेको चेतावनी दिनुभयो ।

“मलेरियालाई कसरी अन्त्य गर्ने भन्ने हामीलाई थाहा छ । यदि सबै सरोकारवालाहरूले लगानी गर्छन् र प्रतिक्रियालाई सुदृढ गर्न र जलवायु परिवर्तनले निम्त्याएको नयाँ जोखिमहरूसँग अनुकूलन गर्न एकसाथ काम गर्छन् भने हामी यो गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

असी स्थानीय जिल्लामा पाँच हजार पाँच सय ७५ चिकित्सा सुविधाबाट सङ्कलन गरिएको तथ्याङ्कले बढ्दो तापक्रम र बारम्बार बाढीसँग सम्बन्धित मलेरियाका मामिलाहरूमा स्पष्ट वृद्धि भएको प्रवृत्ति देखाउँछ ।

अन्य योगदान कारकहरूमा गहिरिँदो गरिबी, गुणस्तरीय निदान र उपचारमा सीमित पहुँच, बलुचिस्तान, आदिवासी क्षेत्र र खैबर पख्तुनख्वामा सुरक्षा चुनौतीहरूका साथै सिन्धका केही भागमा स्वास्थ्य सेवामा पहुँचको कमी समावेश छन् ।

मलेरिया नियन्त्रण प्रयासहरू प्रभावकारी साबित भए पनि विशेषज्ञहरूले जलवायु परिवर्तनको प्रभावहरू पार गर्न, जीवन रक्षा गर्न र पाकिस्तानको स्वस्थ भविष्य सुरक्षित गर्न दिगो र समन्वित कार्य महत्त्वपूर्ण हुने कुरामा जोड दिएका छन् । रासस

आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.