• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १७ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १७ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २२ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २२ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २२ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २२ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

  •  बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घलेको केन्द्रीय साधारण सभाले विधानका केही बुँदालाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सङ्घको आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको थियो । सभामा २६ जिल्लाका सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको सङ्घले जनाएको छ । सभामा सङ्घको केन्द्रीय अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले सस्थालाई आत्मनिर्भर बनाउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । सभाका सङ्घका कार्यकारी निर्देशक डा प्रवीन शाक्यले सङ्घद्वारा सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो भने निमित्त कार्यक्रम निर्देशक प्रमिश थापा, अर्थ निर्देशक नवराज ढकाल, वरिष्ठ मानव स्रोतसाधन व्यवस्थापक रवीन्द्र कार्कीले सङ्घको गतिविधिका बारेमा सभालाई अवगत गराउनुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सङ्घका कोषाध्यक्ष निर्माणकुमार श्रेष्ठ, सदस्य कमला सापकोटाले संस्थालाई दिगो र सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो । परिवार योजना सेवा प्रदायक अग्रणी संस्था यौन तथा प्रजनन स्वास्थ्य एवं परिवार योजना सेवा प्रदायक अग्रणी सो संस्था वरिष्ठ समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा विसं २०१६ अजोज २ गते स्थापना भएको थियो । सङ्घले हाल ३१ जिल्लामा रहेका आफ्ना सेवा केन्द्रमार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्फत समुदायमा आफ्ना सेवा पु¥याइरहेको छ । सङ्घले विशेषगरी सेवा सुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पु¥याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी ‘क्लाइन्टस्’ सोही समुदायका छन् । नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानवअधिकार हो र सबै वर्गले यसको निर्वाधरुपमा उपभोग गर्न पाउनुपर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापित सङ्घले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य सङ्घका रुपमा कार्यरत रहेको छ । सङ्घले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाको अधिकांश हिस्सा ओगटेको छ । सुरक्षित गर्भपतन सेवामा सङ्घले १४ प्रतिशत योगदान पु¥याउँदै आइरहेको छ । सङ्घले यौन तथा प्रजनन सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणबाट जोगाउन पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा सञ्चालन गर्दै आइरहेको छ । सङ्घले आगामी वर्षमा थप चार लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सङ्घले विपद् तथा कोरोना महामारीका अवस्थामा पनि प्रभावित जनसमुदायमा न्यूनतम आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

विसं २०८० को जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ४६ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । ती शिविरमा एक लाख पाँच हजार व्यक्तिलाई ५५ हजार ६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवं आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले विपद्को बेलामा गरेको सो उत्कृष्ट सेवालाई कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदरपत्रले सम्मान गरेको जनाइएको छ ।

नयाँ रणनीतिक योजना सङ्घले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेको छ । यसमा परिवार नियोजन, योजनाका साथसाथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत वृत्तिविकास र दिगोपनाजस्ता मुख्य स्तम्भ रहेका छन् । यी स्तम्भमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रम आगामी पाँच वर्षसम्म विस्तार गर्दै सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पु¥याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ ।

सङ्घले उपलब्ध गराएको विभिन्न सेवा सङ्ख्याअन्तर्गत सन् २०१७ मा ३० लाख ९४ हजार, सन् २०१८ मा ३० लाख ६० हजार, सन् २०२० मा ३२ लाख ४५ हजार, सन् २०२१ मा ३५ लाख ९७ हजार, सन् २०२२ मा ३८ लाख ६० हजार, सन् २०२३ मा ३५ लाख ९६ हजार रहेका छ ।

एकीकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग, (पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत) गर्भवती जाँच, बाँझोपना, यौन सङ्क्रमण तथा एचआइभी परीक्षण तथा परामर्श , लैङ्गिक हिंसा तथा खोप र अन्य प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवा जारी रहेका छन् । आगामी दिनमा विशेष गरी महिला तथा किशोरी जीवनस्तर माथि उकास्ने यस्ता सेवा प्रदान गर्न अनवरत तल्लीन रहने सङ्घले जनाएको छ । रासस

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.